तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ११ बैशाख २०७७, बिहीबार ०९:०९
Buddha Eyes

बिश्वलाई त्रसित बनाईरहेको कोरोना भाईरसको संक्रमणबाट बच्न बिश्वका प्रायःसबै देशले लकडाउन गररिहेको छ । औषधी पत्ता नलागेको कोरोनालाई नियन्त्रण र संक्रमण बढ्न नदिन नेपालले पनि लकडाउन गरेपछि राजनितिक दलका नेताहरुको मुखमा लकडाउन नहुँदा कोरोना रोकथाम र नियन्त्रणको प्रयास असरल्ल ! संकटको घडिमा पनि राजनितीक आस्था र प्रतिसोधको तथ्याङ्क बढेपछि प्रभाबित त प्रभाबित हुने नै भए । नेता र कार्यकर्ता भने अलमल्लमा पर्दा सरकारले असहज परिस्थितिमा राहत र सहयोग एकद्धार प्रणालीबाट गर्ने घोषणा गरेपनि ट्याँट्याँ फिस………….. ! तर दलहरु अपारदर्शी सहयोग उठाउन तम्सेपछि कोरोना भाईरस फैलिने डर भन्दापनि जनतालाई विभाजित गर्ने र धमिलो वातावरण सिर्जना गर्नेहरूको मनोवल उच्च हुन थालेको छ । जिल्लातिर पनि त्यसको बाछिटा आईपुगेको हुँदा समयमै सबैमा चेतना भयाँ नत्र कमरेड जय नेपाल !