हाम्रो बिस वर्षे यात्रा

  • त्रिशूली प्रवाह
  • ११ बैशाख २०७७, बिहीबार ०९:११

त्रिशूली प्रवाह साप्ताहिक प्रकाशनको दुई दशक अर्थातर २०औं वर्ष पूरा भएको छ । यो अंकदेखि त्रिशूली प्रवाह २१औं वर्षमा प्रवेश गरेको छ । यो दुई दशक देशमा ठुलो राजनितिक परिवर्तन भएको छ । जनताको चेतनास्तरले फड्को मारेको छ । सूचना प्रविधीको क्षेत्र दु्रत गतिमा अघि बढेको छ ।

प्राकृतिक र राजनितीक आरोह अवरोहमा देशले युगान्तकारी परिवर्तन गर्न सफल भएको छ । देश अहिले संघीय गणतन्त्रात्मक र धर्म निरपेक्ष भएको छ । राजनितीक मुद्दा टुंग्याएर देश अहिले आर्थिक पथमा अग्रसर हुँदाहँुदै विश्वमा महामारीको रुपमा कोरोना भाईरस देखा प¥यो । नेपालमा पनि २०७६को अन्तिमतिरबाट कोरोना भाईरसका संक्रमण देखा प¥यो । सरकारले एक महिनादेखि कोरोना भाईरस संक्रमण नियन्त्रण गर्न लकडाउन शुरु गरेको छ । अहिले देशबासी लकडाउन पुर्णरुपमा पालना गरिरहेको अबस्थामा त्रिशूली प्रवाह साप्ताहिक गतहप्तादेखि २१आंै वर्षमा प्रवेश गरेको छ । कोरोनाको कारण सिर्जित विषम परिस्थितीले गर्दा त्रिशूली प्रवाह साप्ताहिकको चार अंक बजारमा ल्याउन असमर्थ भयौं । मुलुकको असहज परिस्थितीको बाबजुत पनि वर्ष २१ अंक १ प्रकाशन गर्न पाउँदा समस्त पाठक प्रबृद्ध लेखक, विज्ञापनदाता, वितरक र शुभचिन्तकप्रति हामी कृत्तज्ञ छांै । साथै, सबैमा हार्दिक धन्यबाद सहित निरन्तर सहयोग र शुभेच्छाको अपेक्षा गर्दछौं । नेपालीलाई वि.सं.२०७७ साल सुख र समृद्धिको वर्ष बनोस्, कोरोना भाईरसको संकटबाट नेपालले छिटै पार पाओस् ।

त्रिशूली प्रवाह साप्ताहिक २० वर्ष पूरा गरी यो अंकदेखि २१औं वर्षमा प्रवेश गरेको छ । स्थापनादेखि यो अबस्थासम्म आईपुग्दा यसले अनेकौ उतारचढाबको सामना गर्नुपरेको छ । तर कहिल्यै पनि प्रजातान्त्रिक मुल्य मान्यतालाई छाडेका छैनौं, छाड्ने पनि छैंनौं । राष्ट्रियता, प्रजातन्त्र, मानबअधिकार, स्वतन्त्रताजस्ता शाश्वत मान्यता सौदाबाजिका विषय बन्न सक्दैनन् । यसबाट बिचलित हुन नदिन सधैं सहयोग साथ सद्भाव शुभकामना दिने समस्त पाठक, विज्ञापनदाता तथा सबै सहयोगीहरुप्रति २१औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शरण उत्सुक सापकोटा
प्रकाशक / सम्पादक