– नारायण नेपाल
आज नत काँग्रेस जस्तो काग्रेस भेटिन्छ नत कम्युनिष्ट जस्तो कम्युनिष्ट । नेपाली राजनीति त्यसको उदारहण हो ।
आखिर विचार राजनीति र दर्शनमा समाज विज्ञानको मुख्य पुँजी भनेका मान्छे हो । जसरी रासायन विज्ञानमा तत्व, अणु र जौविक विज्ञानका मानकलाई जिवाणुले निर्धारण गर्छ । हरेक मान्छेको जिन्दगीमा उसको अठोट र विचार दृष्टीकोणका निमार्णले मात्रै राजनीतिप्रतिको आस्था जागेको हुन्छ । मान्छेको समग्र जिन्दगीको पाटाको समिक्षा भौतिक जिवन रहँदैमा गर्ने सके मान्छेमा सुधार हुने सम्भावना रहन्छ । मान्छेले अर्जुन सरलाई बाँचुन्जेल मानसीक रोगी भन्दै मजाक उडाएर मरेपछि धेरैले नशा रोगी बनाएर महिमा गाए पनि त्यो चरित्रका राजनीतिशास्त्रको एक सामान्य शल्यक्रिया गर्ने यो बसाईमा जर्मको गर्दैछु ।
अन्तराष्ट्रिय ख्याती प्राप्त नेपाली मनोपरार्मश प्रशिक्षक एवं समाजीक अभियान्ता नरबहादुर कार्की समाजीक सञ्जालमा लेख्नुहुन्छ । पुर्वसुप्रीमो प्रचण्ड, बाबुराम, बादललगायतले दिएको मनोसामाजीक र बैचारिक टमाको कारण क्रान्तिकारीको आत्महत्या दिर्घरोग नमुना हुन् । हरेक चिजमा कारण नतिजा ऐतिहासिक सन्दर्भ जोडिने क्रान्तिकारी प्रिन्सीपललाई अबसान पुर्वजनमको पाप लाग्छ वा आफुले दिएको धोकाको मानसिक संकट ठान्छन् । सुन्न बाँकी छ ।
नेपालमा पनि ठुलादेखि जनताले भोगेको दिर्घरोग र डिप्रेशनको यस्ता कथाबारे बोल्न नसके पछि अनेक तमासा देखिएका छन् । त्यो भैसी पुजादेखि बुढेशकालमा बच्चाले गरेको बिहेको भाँडकुटी खेलाई जस्तो विवाह महोत्सब त्यही जवाफको कडी हो । छिमेकी भारतमा नक्सलवादी बिद्रोहको अबसानपछि क्रान्तिकारी जमातमा धेरै ठुलो विचलन पैदा हँुदा उच्च नेताहरु समेत डिप्रेशनले आत्महत्या गर्ने पुगेका थिए । पछिल्लो पटक जनयुद्धको राजधानी रोल्पा तिरबाट एक पुर्व छापामार कमरेड रेशम जो जनयुद्धकालमा कमरेड विप्लवका सहयोगी थिए, उनको आत्महत्याको समाचार १८ जेठ २०७७ मा आयो । चिनी जनक्रान्तिमा छनछाङ छाङ फङले लङ मार्चमा माओको सहयोगी बनेर दुनियाँलाई माओ र लङमार्च पढाउने कृती दिए लामो अभियानमा अध्यक्ष माओसँग भन्ने । हाम्रो देशमा चाही किन घाँटीमा पासो लगाए होला, तिनको उनको क्रान्तिमा जिवनको आशा नदेखेर ? त्यो संस्लेशण विश्लेषण गर्ने जिम्मा उहाँकै बौद्धक ठेकेदारलाई दिउ । चाहे रुकुमको चौरजाहारीमा दलित गैर दलित प्रेम प्रकरणमा भएको युवाको हत्याकाण्ड भनौं कि रोल्पामा छापामारको आत्महत्या जनयुद्धका नायकहरुको महापतनले पैदागरेको सामाजीक मनोविज्ञानको चित्रण गर्ने परिघटनाका उदारहण मात्रै हुन् ।
झापा विद्रोहका योद्धा डेकेन्द्र राजवंशीले २०६७ बंैशाख ६ गते एमालेको मुख्यालय बल्खुमा पासो लगाएर आत्महत्या गरेका थिए । बाबुको शोक र आत्महत्याको पिडामा बेरोजगारीको तनाव थपिएको छोरोले चार महिनापछि आत्महत्या गरेको थियो । घटनाहरु त्यहा मात्रै होइन जनसेनाको ब्यारेकमा पनि देखिएको थियो ।
उनी अम्बीका पुडासैनी थिइन । बा आमाले बाल विवाह गरिदिए त्यो उनले स्विकार गरिनन् । उनी परिवारबाट अलग भईन् । भुमीगत पार्टीको त्यो हाम्रो गाउँ कमिटीमा उहाँको पहिलो सहभागीता थियो लाज मान्दै परिचय दिईन मुठी कसेर कमरेड मनिषा भन्दै । न्वारन गर्ने भुर नेता कमेरडले तु सच्याए मनिषा होइन कमरेड अनिशा हो । मनिषा त गिरिजाको छोरी हो भन्दै धेरै समय कमरेडले उनलाई जिस्काउथे ।
त्यसपछि छापामार बनेकी ति दिदिलाई मैले संविधानसभा पछि भेटेको थिए । जनयुद्धको यात्रामा उनले जनवादी बिहे गरिछिन् । घर परिवारले पछि बुझे माओवादीको खुल्ला राजनीति थियो । त्यो प्रेम परिवारलाई पचेन भनाभन र खटपट शुरु भयो । पहिला उनको श्रीमान कमरेडले आत्महत्या गरेछन् । केही महिनापछि गर्भमा भएको प्रमेको उपहार लिएर छापामार दिदिले ब्यारेकमा पासो लगाएको खबर सुनियो । छोरा बुहारी छापामारको यो कथा पछि बालाई भने कमरेडको हसियाँ हथौडाले भन्दा रुखले सितल दिएको आभाष छ आजभोली किन होला ? हुन त ति बाको छोरालाई यो क्रान्तिको हुटहुटी जगाउने शिक्षक थिए, शहिद धुव्र ढुंगाना आज कोशी खोलामा बगेको पानी र त्यो जिन्दगानीको कथा कसलाई थाहा होला र ?
कतिपयको तर्क थियो जनयुद्ध नभएको भए पनि यी यस्तै गरी आत्महत्या गरेर मर्ने थिए भन्ने आशयका त्यो त भाग्यवादीलाई छुट छ तर भौतिकवादले त परिस्थतीले निमार्ण गरेको चेतना हो भन्ने मान्यता राख्छ की राख्दैनन् कतिपय उच्च नेता समेत थाइल्याण्डदेखि धेरै देशी विदेशी अस्पतालमा समेत उपचारमा धाएको तथ्य रोचक छ ।
नेताका श्रीमातीहरु ओछ्यान तताउने साथी मात्रै हुन् कि जिवनयात्राको सारथी हुन ? नवयुवतीहरुको छापामार सपनाले तताएको नेताजीको जवानीको बिस्तरा भन्दा श्रीमती कमरेडको सास्ती र पिडाका आँशुले भिजेका बिस्तारको रापले त बैशमा नपोले पनी बुढेशकालमा चाही पोल्छ होला कि ?
माओवादी अध्यक्ष प्रचण्ड पत्नी सिताको उपचारमा धेरै तिर धाए । राजनीतिमा जसरी बामदेव पथको एमाले जवजमा साहरा लिए नि त्यसै गरी उनी श्रीमती लिएर रामदेवसम्मको शरणमा पुगे । बुढेशकालका विवाहको समेत तमास गरे । दुनियाँलाई जनवादी शैलीको बिहे सिकाएको प्रचण्डपथले यो बिहेलाई सिता उपचारको विधीमा ब्याख्या गर्ने भक्तजन ब्यापक छन तिनीहरु पनि बिस्तारै यस्तै रोगको शिकार हुने प्रष्ट छ ।
सुप्रिमोको घरमा यो तमास गर्दा तिनको मनमा कार्यकर्ता र जनताको दैलोमा के उस्तै बेदनाको चित्र भएको होला भन्ने दिब्य ज्ञान आयो कि आएन होला ? यो महापतनले समाजमा के भयो हो भन्ने दिब्यज्ञान पलाउला कि आफै आत्महत्या गर्लान् ? त्यो हेर्न बाकी दृश्य हो । प्रायः नेता रक्सी नखाई निद्रा नलाग्ने भएका छन् । एक प्यागसम्म त प्रचण्डपथ हो दुई पेग लाएपछि आफ्नै पथ भो भन्ने उदारहणका धेरै घटना त ताजा छ कमरेडको गौडा गौडामा ।
राजनीतिमा कुन्ठा, आग्रह, पुर्वाग्रह, संर्कुणता सबै मनोरोगका शिकारको उपज हुन । असन्तुष्टी र भयको त्रासले समाजलाई गाजेको छ । सपना बाचा कबुलका उधारो आश्वानले हैरान छन् जनहरु । नेताले त जवाफ नदिएपछि हुन्छ तर कार्यकर्ताले परिवारलाई छिमेकीलाई समाजलाई जवाफ दिनैपर्ने हुन्छ । त्यही कारण हरेकमा संकटले जन्म लिन्छ । केही पलायन कोही पुरानो सोच सत्ता र संस्कृतीमा आत्मसर्मपण गर्छन र केही बसाई सराई गरेरे नयाँ समाज तिर लाग्छन । पुराना नेताकार्यकतामध्ये लाभको पदमा नभएका लगभग प्रायः गाउँ नबस्ने कारण पनि यही एक प्रकारको सामाजीक विस्थापन नै हो ।
सपनाको धोकालाई एक दुर्घटना हो भन्ने प्रचार गर्नेहरु रहस्यावादको भ्रममा बाँचेका कायरहरु हुन । भौतिक जगतवाट हेर्ने हो भने यो एक नियोजीत घटना हो । क्रान्तिकारीको अन्नत महापतनको एक एक जिवन कथाहरु बोकेर बाचेका बथान छ समाजमा तिनीहरुले गर्ने आत्महत्यामा श्रद्धान्जली लेखेर बस्ने मन नभएर यती बहस थालेको मात्रै हो ।
कम्युनिष्टले नयाँ स्कुलिङको माग गरेको छ, आजको आन्दोलन र यो समाजले । उहीले राजाले प्रजा भोटा भयाँ, दरबार बलियो हुन्याथ्या भन्थे रे आज प्रश्न उठेको छ कार्यकता रोगी भए क्रान्ति बलियो हुन्छ त कमरेड ? समाजमा के छ र परिवारको तनाव के छ भन्ने आर्दशको राजनीतिले कुदेकाहरुले बुझन सकेन त्यसैले होला आर्दशवादी नेताको छोरा छोरीमा कि त राजनीतिप्रतिको वितृष्णा जब्बर छ राजनीति तिर देखिएका ज्ञानेन्द्रका पारस जस्तै उत्तराधिकारी छन् ।
कम्युनिष्टहरु क्रान्तिकारी आशावादीता जगाउन जरुरी छ, भन्ने प्रशिक्षणहरु ब्यापक हुन्छ । तर सामाजीक सिद्धान्त र कम्युनिष्टहरुको बेमेल के छ त पहिला त्यो खोतल्न जरुरी छ । संस्कार र नैतिकता सिकाउने के कस्ता छन् त भन्ने नियाल्न पर्ने हुन्छ । ७० कटेका बुढाहरुले कलिका केटा केटीलाई प्रेम नगर भन्ने उपदेश दिन्छन् । अनी अल्लारे यौवन कहाँ पोखिन्छ ठेगान हुन्न । विज्ञानको गुरु पशुपतिको लिगंमा टाउको ठोक्छन् । भ्रष्टहरुले सदाचारको पाठ पढाउछन् र नालायक नायक बन्छन् भने न्याय र क्रान्तिको कुरा गर्नेहरु त्यो समाजमा पागल नै हुन्छन् । कवि भुपि शेरचनले कवितामा भने झै छ परिवेश
एयरफोन लगाउन पर्ने बहीराहरु
संगित प्रतियोगीतको जर्ज छन् ।
बैंशाखी टेकेर हिडनेहरु
दौड प्रतियोगितामा प्रथम हुन्छन् ।
यस्तै उस्तै छ आज तर समयले प्रश्न गरेको छ । यो असफलताको गुरु हुन कि असफल गुरु हुन हाम्रा नायकहरु ? उत्तर खोज्ने हो भने भय र नियतको जोड घटाउ हेर्दा सेक्टर काण्ड भन्दा हज्जारौ गुण क्षती गर्नेहरु त पाग्लाउनै पर्छ जिन्दगीमा । हुनत १२ वर्ष क्रान्तिकारी छापामारको सर्बोच्च कमाण्डर १२ बर्ष संसदवादी राजनेता । ६ महिना राष्टवादी नायक ६ महिना राष्टघाती खलनायकको रुपमा देखिनेहरु र उनीहरुलाई अझै महान हुन भन्नेहरु दुवै थरीको पागलपन नै हो । किनभने यस्तो चित्र विश्व कम्यनिष्ट आन्दोलनमा विरलै देखा पर्छ होला सायद । यस्ता चरित्रका नेताहरु दल पिच्छे भेटिन्छन् र तिनको महिमा गान गाउने कार्यकता टोलटोलमा कमी छैन यो पनि सामाजीकरुपमा देखापरेको राजनीति मास डिप्रेशनको शिकार नै हो ।
हरेक प्राणीलाई जिवन प्यारो हुन्छ । त्यो प्यारो जिवन सर्मपण गर्ने भनेको प्रेममा हो । त्यही भएर प्रेममा पागल प्रेमीहरुले एकै डोरी पासो लगाए जस्तो, सँगै मेटासी खाए जस्तो, प्रेममा सर्मपित हुनेहरु जसरी पागल भएका छन् । काब्य लेखेका छन् नि राजनीतिमा पनी उही चित्र छ गज्जबको ।
एकपटक नेताहरुले गाउमा गएर प्रशिक्षण दिएछन् चार घण्टामा फर्कीएछन् । त्यसपछि गाउँलेले नेता लैजाने नानीलाई प्रश्न गरेछन् त्यो माक्र्स लेनिन भनेको को हो भनेर ? नानीकमरेड पनि अक्कन बक्क बनिन् ? यस्ता प्रशिक्षण र नेताहरुको के अर्थ होला । र विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका उपप्रध्यापक समेत रहेका मनोचिकीत्सक डा.मधुर बस्नेतको ठहर छ विचार बोक्ने र विचार अनुसारको ब्यवहार गर्नु धेरै फरक छ । यो भनि टोपल्नेहरुको मात्रै होइन विश्वको आम चरित्र हो । बिचार र ब्यवहार विचको विरोधाभाषा एक मुख्य कारण हो । बस्नेतको ठहरलाई राजनीतिको नापोमा जाच्ने हो भने आज नत काँग्रेस जस्तो काग्रेस भेटिन्छ नत कम्युनिष्ट जस्तो कम्युनिष्ट । नेपाली राजनीति त्यसको उदारहण हो । दुनियाले रटाईने र पल्टाइने ठेलिमा नभेटिएको यो तथ्य नेपालमा भेटन सकिन्छ, जीवन र भोगाई ब्यवहार र विचारको तौल लिने हो भने । राजनीतिभित्रको चित्र नियाल्दै प्राध्यापक रामेश्वर अधिकारी सामाजीक सञ्जालमा लेख्नुहुन्छ, यो देशमा धेरै छन् अर्जुनसरहरु अब अजुर्न भण्डारी फाउन्डेशन प्रतिष्ठान बनाउनेहरु निस्कन सक्छन् । आज राजनीति र स्वार्थको प्रयोजनका यस्ता प्रतिष्ठानहरु सयांै छ नेपालमा पुष्पलाल प्रतिष्ठान, मदन भण्डारी प्रतिष्ठान, निर्मल लामा देखी, एकदेव आले भिमदत्त पन्त जस्तो राष्टिय प्रभाव भएका नेताहरुको नाम त्यो बिक्छ र मज्जाले बेच्न सकिन्छ भनेर होला । अरुचाही प्राय छोरा छोरीहरुले बोकेका छन् । यी दुबै प्रकारको प्रातिष्ठान बनाउने अबसर नपाउने नेताहरु चाही बाउ आमाको नाउमा प्रतिष्ठान गठन गरेर माग्ने भाडो बनाएका छन् र गुट–गुटका खेती चलाएका छन् यो आजको चित्र हो हाम्रो राजनीतिभित्रको ।
सामाजीक सञ्जालमा मन्जु बस्नेतको आशूको प्रतिक्रिया थियो । यथार्तबोध हुनेलाई त्यस भित्रको वास्तविक मर्मले मुटु चुडाउने क्रन्दनको बातावरण बनाइ दिन्छ । साच्चै हो सत्य लेख्दा कसैको मन छुन्छ कोही रुन्छ कतिले लाजले मुख थुन्छन् । र्भचुवल दुनियाँमा लाज मान्नेहरु म्यासेज भित्र सम्बाद आदान प्रदान गर्छन् । आश र त्रास नभएकाले खुलम्मखुला धारणा राखे गर्छन् । अपबादमा केही दरिद्रहरु छन् जो शब्द अक्षर खुटाएर अर्थलगाउने चेष्ठा गर्छन् आफ्नो पथको ठेगान नहुनेहरु अरुको पथ खोज्न उद्धत छन् । नुवाकोटले उपास गरे पनी रसुवाले केही सम्झना साँचेका छन् आज । सत्य स्थापित गर्नु क्रान्ति हो कमरेड बसन्त भेटुवालको सुझाव थियो । हो म पनि त्यही भन्दै छु आउ साथीहरु हामी सत्य र न्यायको पक्षमा बोलौं । तथाकथितको क्रान्ति भए होस् नभए नहोस् । रुपचन्द्रको शब्द सापटीमा भनौन हामी कसैको होइनौ, कोही हाम्रो होइन्, हामी सत्य र न्यायको हौ सत्य र न्याय हाम्रो हो ।