तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २९ जेष्ठ २०७७, बिहीबार ०८:५५
Buddha Eyes

कोरोना संक्रमण नियन्त्रणमा साँढे दुई महिनादेखि जारी लकडाउनले ब्यापार ब्यवसाय चौपट छ भन्नेहरू हाम्रो जिल्लाको नदीनालामा स्काभेटर, ब्याकलोडर, टिफरलगायतका उपकरणको मेला लागीरहेको देख्न पाँए मन अमिलो पार्थे कि ? जिल्लालाई समृद्धि बनाउने भन्दा पनि केहीलाई समृद्ध बनाउनेहरूले नदीनालालाई कहिल्यै शान्त रहन दिएनन् । कोरोनाले थिलथिलिएको अन्य ब्यवसायी समेत अहिले नदीजन्य ब्यवसाय गर्न तम्सिएलान् भन्ने पो डर बढढिरहेको छ । कोरोना माहामारीको ब्यवस्थापनमा जनताको घरदलौको सरकार र स्थानीय प्रसाशन ब्यस्त भएको मौका छोप्नेलाई सलाम गर्नै पर्छ । गिट्टी र बालुवालाई हलुवा बनाउन पल्केका कोही सिमित ब्यक्तिले नियमन निकायलाई प्रभावित पारेपछि सामाजिक दुरी समेत धोती लागेको छ । अन्य ब्यवसायीले कर तिर्ने र सवारी साधानको किस्ता समेत जुटाउन नसके पनि गिट्टी बालुवामा संलग्नले नियमित गरे कर्मचारी पालनपोषणमा टेवा पुग्ने देखेर होला जिल्लाका सरोकारवाला निकाय मौन बसेका !