राजदुत पाण्डेसँग उवासंघको भेटघाट

  • त्रिशूली प्रवाह
  • २९ जेष्ठ २०७७, बिहीबार ०९:११

काठमाडौं, नेपालको लागि मित्रराष्ट्र चीनका लागि गत महिना राजदुत नियुक्त भएर चीन जान लागेका महेन्द्रबहादुर पाण्डेसँग नुवाकोट उद्योग वाणिज्य संघले भेटघाट गरेर बधाई दिएको छ ।

     संघका अध्यक्ष ताराबहादुर कार्कीले परराष्ट्र मन्त्रालय सिंहदरवार काठमाडौंमा सोमबार भेटेर जिल्लाको ब्यवसायिक गतिविधीको जानकारी गराउँदै केरूङमा रहेको एक सय वटा भन्दा बढी मालबाहक ट्रक/कन्टेनर चैत्रदेखि रोकिएकोले त्यसलाई नेपाल प्रवेश गर्ने वातावरण बनाउन दिन आग्रह गर्नुभएको थियो । उहाँले नुवाकोटमा चिनियाँ ब्यवसायीलाई उद्योग स्थापना गर्नको लागि पहल गरिदिन र नुवाकोटका ब्यवसायीलाई चीनको शासित क्षेत्र तिब्बत, ल्हासाको अध्ययन अवलोकन भ्रमणको ब्यवस्था मिलाईदिन समेत अनुरोध गर्नुभएको थियो । केरूङ नाका चैत्रदेखि सञ्चालन नहुँदा ब्यवसायीले ल्याएको सामान अलपत्र परेको जानकारी अध्यक्ष कार्कीले राजदुत पाण्डेलाई गराउनुभएको थियो । संघको अध्यक्षसँग कुरा गर्दै राजदुत पाण्डेले रोकिएको सामान र कन्टेनर सुचारू गराउन पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले चीन पुगेपछि केरूङ नाका स्वास्थ्यका सम्पूर्ण प्रक्रिया पूरा गरेर सुचारू गराउन चिनियाँ सरकारसँग कुरा गर्ने र नुवाकोटका ब्यवसायीलाई अध्ययन अवलोकनको लागि तिब्बतको ल्हासा जाने वातावरण तयारीको ब्यवस्थाको लागि पहल गर्ने समेत बताउनु भयो ।