उत्तरगया कृषिमा आत्मनिर्भर बन्दै

  •  भवानी पौडेल

धुन्चे, रसुवा जिल्लाको उत्तरगया गाउँपालिका कृषि पशुपालनमा आत्मनिर्भरतर्फ उन्मुख भईरहेको छ । गाउँपालिकाको वडा नं.–४ कुवापानीका बिमला ढकालले २०५२ मा ब्यवसायिक रुपमा कृषि कर्म आलु खेती गरेकी उनले अहिले काउली बन्दा, गाजर, लौका, काक्रालगायत बारीमा घिरौला, पालुङ्गो साग जस्ता तरकारी उत्पादन गरेर अरूको लागि प्रेरणाको स्रोत बनेकी छिन् ।

चार वर्ष अघिसम्म ढकाललाई आफुले उत्पादन गरेको तरकारी कहाँ लैजाने भन्ने चिन्ता हुन्थ्यो, दुई डोको तरकारी भएपछि चिन्ता शुरु हुन्थ्यो बेच्नलाई बजारको समस्या थियो । तैपनि गाउँमा तरकारी संकलन गर्थिन् । संघीयता कार्यान्वनपछि गाउँपालिकामा निर्वाचित जनप्रतिनिधी आएपछि गाउँ–गाउँमा सडक पुगेको छ । उत्पादित आलु र तरकारी कर्मीडाडाँ, पैरेवेंशी, बेत्रावती पु¥याउँछिन् । उनले वार्षिक दुई लाखसम्म आम्दानी गरिरहेकी छिन् ।
गाउँमा अहिले सडक सञ्जाल जोडिएपछि मागअनुसार उत्पादन हुन नसकेको उनले बताए । आफुले कमाएको पैसा घरायसी काममा खर्च गरेर केही बचत हुने गरेको ढकालले बताइन् । ढकालसँग ब्यवसायिक तरकारी खेती शुरु गर्दा ५ रोपनी मात्र जग्गा थियो, अहिले लगभग ५ रोपनी जोडीसकेकी छिन् । पहिला हाकु, गोगने, तिरु र नौकुण्ड गाउँपालिका लाङबुमा दुई दिन लगाएर आलुको बिउ लिन जानुपर्ने बाध्यता थियो, अहिले आफुलाई चाहिने बिउ कोल्ड स्टोरमा राख्ने गरेको उनले बताईन् । तरकारी खेती थाल्दा गाउँका अरु कसैले थालेका थिएनन् । गाउँपालिका बनेसँगै आलु जोन क्षेत्र घोषणा भयो बिस्तारै सबैले बुझ्दै गए अहिले उक्त क्षेत्रमा १० परिवारले तरकारी खेती गरिरहेका छन् ।
उत्तरगयाँ गाउँपालिका वडा नं.–४ पैरेवेंशीकै सुमित्रा पौडेललाई गाउँपालिकामा जनप्रतिनिधी आएपछि धेरै सहज भएको बताईन् । पाँच वर्षदेखि तरकारी खेती र पशुपालन क्षेत्रमा लागेकी सुमित्रालाई गाउँपालिकाको कृषि शाखाले अनुदान दिएपछि थप उत्साह बढेको छ । गत वर्ष शाखाले तरकारी खेतीको लागि काक्रो, करेला, बोडी, सिमी र फर्सिको बिउ दिईएको थियो । कृषि शाखाले दिएको विभिन्न तालिममा सहभागी हुने मौका पनि उनले पाएकी छिन् । कृषिमा आएको समस्याबारे बुझ्ने अवसर पनि मिलेको छ ।

पहिला गाउँघरमा कृषि प्राविधिक भेटिदैन थिए, अहिले तरकारी र आलु बालीमा समस्या भएमा एक कल फोनको भरमा प्राविधिक घरमै आई पुग्छन् । उहाँहरुको सल्लाहअनुसार खेती गरेकोले यसपाली ६ बोरा आलु रोपेको ठाउँमा ७० बोरा बेचेको उनले बताईन् । उनी समाज सेवा पनि गर्छिन् र बाँकी रहेको समय कृषि पेशा अँगाल्दा उनलाई केही असहज छैन । यही पेशाबाट उनको पाँच जनाको परिवार पालिएको छ र छोरा छोरीले पढ्न पाएका छन् । वार्षिक एक लाखसम्म बचत हुने गरेको उनले बताईन् ।

उत्तरगया गाउँपालिका वडा नं.–४ का राधिका ढकालले कृषि शाखाले वितरण प्रणालीलाई ब्यवस्थित बनाउन सके अझै प्रभावकारी हुने बताईन् । पहिला बिउ विषादीको लागि दिन बिताएर बेत्रावती या त्रिशूली, ढुङ्गे पुग्नुपथ्र्यो, अहिले वडा–वडामा माग गर्न पाईएको छ । उत्तरगया गाउँपालिकामा तिन वर्ष अघिसम्म परम्परागत तरिकाले खेती हुन्थ्यो ।

गाउँपालिकाले पहिलो वर्ष नै विकास निर्माण र कृषिलाई प्राथामिकतामा राखेर बजेट विनियोजन गरेपछि कृषि शाखाका प्राविधिकले हरेक क्षेत्रमा पुगेर सेवा दिन शुरु गरेका छन् । पाँचवटै वडामा सम्भावनाका आधारमा पकेट क्षेत्र घोषणासँगै कृषि शाखाले विकास र विस्तारको कार्यक्रम अगाडी बढाएको छ । स्थानीयस्तरमा कृषि उत्पादन बढ्दै तरकारी र आलु बिग्रने समस्यालाई मध्यनजर गरी वडा–वडामा तरकारी संकलन केन्द्र स्थापना भएको छ ।
हिउँदमा उत्पादन गरिएका तरकारी र आलु बेच्न बजार लैजानुपर्दैन, खेतखेतमा नै ठेकेदार आएर लैजान्छन् । आफुलाई आवश्यक पर्ने आलु कोल्डस्टोरमा राख्छौं वर्षात्को समयमा उत्पादन गरिएका तरकारी गाउँघरमा बिक्रि हुन्छ । तरकारी नबिकेर कुहिएर खेर जादैन । बेमौसमी तरकारी सबैले रुचाँउछन् कृषक ढकालले भनिन् ।

जिल्लाको पाँच गाउँपालिकामध्ये भौगोलिक विकट र दुर्गम गाउँपालिकामा सडक सञ्जाल जोडिएको थिएनन् । कतिपय ठाउँमा फोन गर्ने सुविधा पनि थिएन । कृषि सेवा केन्द्र सदरमुकाममा पुग्न कृषकलाई निकै कठिन थियो । साविकको जिल्ला कृषि विकास कार्यलय र कृषि सेवा केन्द्रको सेवाबारे धेरै अनविज्ञ थिए । टाठो बाठोले मात्र सुविधा लिन्थे, गाउँमा उत्पादित आलु बोकेर रसुवा र नुवाकोटको विभिन्न स्थानमा पु¥याउनुपर्ने बाध्यता थियो । स्थानीय सरकारले कृषि प्राविधिकमार्फत सेवा सुविधा र कृषिको पुराना प्रविधिलाई बिस्तारै हटाउदै लगेको छ । मकै छोडाउने र खेतबारी जोत्ने कृषि औजार प्रयोग गर्ने कृषक संख्या अहिले बढिरहेको कृषि शाखा प्रमुख राजु विश्वकर्माले बताए ।
आलु रोप्ने समयमा आलुको बिउ, विभिन्न तरकारीका बिउ, धानको बिउ र विषादी वितरण हुन्छ । आलु स्टोरमा राखे वापत ढुवानी खर्च पालिकाले ब्यर्होछ । बेलावेलामा बाली उपचार शिविर सञ्चालन गर्छन । त्यसैले व्यवसायिक कृषिमा लाग्ने कृषक बढ्दै गएको उनले बताए । गाउँपालिकालाई कृषि र पशु पालन तथा फलफुलमा आत्मनिर्भर बनाउन विभिन्न योजना ल्याएको छ । ‘ब्यवसायिक रुपमा हुने कृषि तथा पशु पालन र फलफुल खेतिलाई जोड दिई बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनु भयो ।

लकडाउनसँगै रसुवाको १६ स्थानमा आलुको बिउ उत्पादन शुरु भएको छ । जिल्लाको पाँचवटै गाउँपालिकाका कृषकलाई पूर्वमूल बिउ अनुदानमा दिएपछि मूल बिउ उत्पादन शुरु भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रसुवा प्रमुख दिपक अधिकारीले रसुवा जिल्ला ६५ कृषकलाई १० हजार केजी आलुको बिउ उपलब्ध गराएको दाबी गर्नुभयो । आलुजोन कार्यक्रम अन्तर्गत कार्यालयले जिल्लामा नयाँ प्रकारको बिउ बाहिरबाट ल्यााएर ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । विशेषत फरक भुगोल भएको रसुवामा पालिकास्तरीय आलुको जातको बारे अनुसन्धान आवश्यक रहेको किसान गोविन्द घिमिरे बताउनुहुन्छ ।
जिल्लामा अहिले २ हजार ५ सय हेक्टर जमिनमा आलु खेती हुँदै आएको छ । जिल्लामा हिउँदे र वर्षे गरी दुई सिजनमा आलु खेती हुने गर्दछ । कृषकले लामो समयदेखि पुरानो बिउको प्रयोग गर्दै आएका छन् । आलु जोनले यसवर्ष ५ सय हेक्टरमा आलुको बीउ उत्पादन गर्ने तयारी गरेको थियो । हिमाली जिल्लाले समेत परिचित रसुवामा बिभिन्न भु–भागमा अन्य बालीको तुलनामा आलुबालीको उत्पादन बढी भएकाले यसलाई नगदेबालीको रूपमा लिने गरिएको पाईन्छ ।