+
Search

ताजा अपडेट +

पपुलर +

क्वारेन्टीनको सुरक्षाको जिम्मा शिक्षकलाई

त्रिशूली प्रवाह
६ साल अगाडी

38823646_1818891961480493_3518821711535407104_n

Utsuk Books & Stationery

 

–  प्रमिला सुनार

विदुर, नुवाकोटका सामुदायिक विद्यालयमा क्वारेन्टीन बनाइएसँगै त्यहाँ बस्ने ब्यक्ति कुर्न सामुदायिक विद्यायलको शिक्षकलाई खटाउने तयारी भईरहेको छ ।
नुवाकोटको कोरोना रोग नियन्त्रण सम्बन्धि ‘क्राइसेस म्यानेजमेन्ट सेन्टर’ (सि.एम.सी) को बैठकले क्वारेन्टीन कुर्नको लागि सामुदायिक विद्यालयका शिक्षकलाई स्वंयसेवकको रुपमा खटाउनको लागि सम्बन्धित स्थानीयतहलाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार बैठकले जिल्लामा बनाइएका क्वारेन्टीनको संख्या अपुग भएकाले जिल्लामा रहेका होटल तथा लजलाई क्वारेन्टीन बनाउनको लागी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्य मस्यौदा मापदण्ड तयार गर्ने समिति समेत गठन गरेको छ ।

जारी रहेको बन्दाबन्दीलाई आगामी ३२ गतेसम्म कडाईको साथ कार्यान्वयन गर्ने, क्वारेन्टीमा बस्दै आएकामा रोगको सक्रमण देखिन थालेकाले कन्ट्रयाक ट्रेसिङको लागि समस्या भएको भन्दै क्वारेन्टीम्न रहेका ब्यक्ति पूर्ण विवरण सहित उनीहरुको सम्पर्कमा रहेका ब्यक्तिको पनि लगत संकलन गर्ने निर्णय बैठकले गरेको छ ।

जिल्ला अस्पताल त्रिशूलीमा कोरोनाबाट संक्रमित बिरामीको उपचारको लागि स्वास्थ्यकर्मीको संख्या कम भएकाले जनशक्ती बिस्तारको लागि बजेटको सुनिश्चित गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने र रातको ८ बजेदेखि बिहान ८ बजेसम्म यातायातका साधन चल्न नपाउने ब्यवस्था रहेकोमा अबदेखि ८ को सट्टामा १० बजेदेखि बिहान ६ बजेसम्मको लागी मात्र गाडी चल्न नपाउने नियम बनाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह