+
Search

ताजा अपडेट +

पपुलर +

निजी खर्चमा राहत वितरण

त्रिशूली प्रवाह
६ साल अगाडी

त्रिशूलीबजार, विदुर नगरपालिका वडा नं.१ त्रिशूलीबजारका असंगठित क्षेत्रमा कार्यरत श्रमिकको दैनिक गुजारामा समस्या देखेर त्रिशूली बजारका ब्यवसायी एवं समाजसेवी मोहनबहादुर श्रेष्ठको परिवारले दैनिक मजदुरी गर्ने ३२ जनालाई खाद्यान्न राहत वितरण गरेका छन् ।

Utsuk Books & Stationery

गत हप्ता मोहनबहादुर श्रेष्ठ, श्रीमती दुर्गादेवी श्रेष्ठ र छोरा मनिष श्रेष्ठले त्रिशूलीका अति विपन्न र निम्नस्तरका ३२ जनालाई ५ केजी चामल, १ केजी दाल, १ केजी चना, आधा लिटर तेल, १ प्याकेट नुन र हातधुने साबुन वितरण गरेका थिए । कोरोना भाईरस नियन्त्रणको लागि लकडाउन शुरू भएपछि ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउने काम नपाउँदा भोकभोकै बस्नुपर्ने अवस्थामा पाएको राहतले केही दिनलाई सहज भएको माईली खड्कीले बताईन् । ब्यक्तिगत खर्चमा श्रमिक वर्गलाई केही दिनको लागि भएपनि छाक टार्न सहयोग गरेको समाजसेवी श्रेष्ठले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह