+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना भाईरस नियन्त्रण गर्न प्रहरीको अभियान

त्रिशूली प्रवाह
६ साल अगाडी

विदुर, कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन अनुरोधसहित नुवाकोट प्रहरीले प्लेकार्ड र माईकिङ अभियान शुरु गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले सदरमुकाममा ‘‘दुई मिटरको सामाजिक दुरी कायम गरौं, मास्कको अनिवार्य प्रयोग गरौं, पटक–पटक साबुन पानीले हात धोऔं’’ लगायतका सन्देश लेखिएको प्लेकार्ड प्रर्दशन गरेको थियो । देशभर प्रहरीले विशेष अभियान अन्तर्गत नुवाकोट प्रहरी कार्यालयले पनि प्रहरी र ट्राफिक परिचालन गरी कोरोनाबाट बच्न सजगता र सचेतनाको लागि प्लेकार्ड देखाउने विशेष अभियान गत हप्तादेखि शुरू गरेको नुवाकोट प्रहरी प्रमुख एसपी अबिनारायण काफ्लेले जानकारी दिनुभयो । सुरक्षाको लागि खटिएका सबै प्रहरीलाई सचेतना अभियानसहित खटाएको प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोट जिल्लामा मातहत युनिट सहित सबै प्रहरीलाई सुरक्षा गस्तीमा खटिदा सचेतनायुक्त प्लेकार्डसहित गस्तीमा जान नुवाकोट प्रहरी प्रमुख काफ्लेले निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह