+
Search

ताजा अपडेट +

पपुलर +

सुन्दर र समृद्ध दुप्चेश्वरको सार : कृषि पर्यटन सम्पदा र जलाधार

सुन्दर र समृद्ध दुप्चेश्वरको सार : कृषि पर्यटन सम्पदा र जलाधार
त्रिशूली प्रवाह
६ साल अगाडी

समुन्द्रटार, ‘समृद्ध दुप्चेश्वर, सुखी दुप्चेश्वरबासी’ बनाउने लक्ष्य पुरा पार्दै दुप्चेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम गत हप्ता सार्वजनिक गरेको छ । ‘सुन्दर र समृद्ध दुप्चेश्वरको सार, कृषि पर्यटन सम्पदा र जलाधार’ भन्ने नाराका साथ गाउँपालिकाले भौतिक पूर्वाधार विकासको लागि एक वडा एक मुल सडकको अवधारणा नीति तथा कार्यक्रम ल्याएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

कृषि, स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका, भौतिक पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन, विपद् तथा महामारी ब्यवस्थापनलगायतको क्षेत्रलाई प्राथमिकता राखेर गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनु भयो । कोभिड–१९ माहमारीका कारण रोजगारी गुमाई गाउँ फर्किएका नागरिकलाई कृषिमा आत्मनिर्भर बनाउन कृषिअनुदान कार्यक्रम नीति तथा कार्यक्रम समेटिएको छ । आगामी वर्ष वडा नं.–२, ४ र ५ मा रहेका स्वास्थ्यचौकीमा प्रसुति गृह स्थापना गरिने साथै सुरक्षित सुत्केरी कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिईने छ भने ‘गर्भवती महिलाको घरमा झण्डा, हातमा अण्डा’ कार्यक्रमलाई पनि निरन्तरता दिईएको उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभयो ।

आगामी शैक्षिक सत्र २०७८ देखि कक्षा १ मा तामाङ भाषाको स्थानीय पाठ्यक्रम तथा पाठ्य सामग्रीको विकास गरिने लक्ष्य रहेको छ । महिनावारीका कारण विद्यालय छाड्ने छात्रालाई सेनिटरी प्याड वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै, नीति तथा कार्यक्रममा गाउँपालिका सबै वडामा स्तनपान कक्ष निर्माण गरिने, विद्यार्थीका लागि सामाजिक सञ्जालको प्रयोग, बालविवाह, बहुविवाह, जबरजस्ती करणी सम्बन्धी चेतनामुलक कार्यक्रम सञ्चालन गरिने र गाउँपालिका क्षेत्रका महिलाका लागि सरकारी तथा अन्य क्षेत्रमा बृद्धि विकासको मार्ग प्रशस्त गर्न लोकसेवा आयोगको तयारी कक्षाहरु सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह