+
Search

ताजा अपडेट +

पपुलर +

वडाध्यक्षले विनपासँग खर्च विवरण मागे

वडाध्यक्षले विनपासँग खर्च विवरण मागे
त्रिशूली प्रवाह
६ साल अगाडी

विदुर, विदुर नगरपालिकामा नेपाली काँग्रेसको टिकटमा विजयी ६ वटा वडाध्यक्षले चालु आ.व.मा भएको खर्चको विवरण माग गरेका छन् ।

Utsuk Books & Stationery

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सदेशराज पोख्रेललाई सोमबार लिखित निवेदन दिएर साउन १५ गतेभित्र चालु आ.व.मा विभिन्न शिर्षकमा भएका खर्चका विवरण माग गरेका छन् । गत आषाढ १० गते नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा असन्तुष्ट जनाउँदै विरोधमा उत्र्एिका काँग्रेसको तर्फबाट विजय वडा नं.–२ का विरेन्द्रकुमार शाही, वडा नं.–३ का बद्रीप्रसाद रिमाल, वडा नं.–७ का महेन्द्रबहादुर तामाङ, वडा नं.–८ का फैसिङ तामाङ, वडा नं.–१० का गणेशकुमार नेपाल र वडा नं.–१३ का दलबहादुर तामाङले लिखित निवेदन दिएर खर्चको विवरण माग गरेका छन् । वडाध्यक्षहरूले १४ बुदामा चालु आ.व.मा भएका खर्चको विवरण एक महिनाको म्याद दिएर माग गरेका छन् । माग गरिएको खर्च विवरण साउन १५ गतेसम्म उपलब्ध नभएमा पत्रकार सम्मेलन गरेर थप विरोधका कार्यक्रम घोषणा गर्दै अगाडी बढ्ने वडा नं.–१० का अध्यक्ष गणेशकुमार नेपालले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनु भयो । वडाध्यक्षहरूले बुझाएको माग पत्रमा नगरपालिकाले इन्धन खर्चका नाममा अकल्पनीय रकम खर्च गरेको पाईएको र कोरोना रोकथाम र नियन्त्रणका लागि आफुखुशी खर्च गर्ने प्रवृत्ती बढेकोले दुवै शिर्षकमा खर्च गरिएको रकमको विवरण माग गरेका छन् ।

त्यसैगरी उनीहरूले नगरपालिका मातहत रहेको कृषि तथा पशु शाखाको खर्च विवरण, नगरपालिका मातहतका स्वास्थ्यचौकीमा खरिद गरिएको औषधीको विवरण, सामी परियोजनामा नियुक्त कर्मचारी र खर्च विवरण, विपद् ब्यवस्थापन शिर्षकमा भएको खर्च विवरण, जनसम्पर्क अधिकृतको काम कर्तव्य अधिकार र लक्षित वर्गका लागि विनियोजित रकमको खर्च विवरण माग गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह