मोटरसाईकल दुर्घटनामा अधिकारीको निधन

  • त्रिशूली प्रवाह
  • २५ असार २०७७, बिहीबार १२:३८
Logo of trishuli prawaha

बट्टार, नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं.–५ गंगटेमा सोमबार साँझ बट्टारबाट देवीघाटतर्फ जाँदै गरेको बा.९८ प.५५१६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकबाट ८/१० मिटर तल खसी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मोटरसाईकल चालक विदुर नगरपालिका वडा नं.–३ बस्ने २१ वर्षको ठाकुर अधिकारी घाइते भई उपचारको लागि चक्रदेव पोलिक्लिनिक विदुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । उक्त मोटरसाईकलमा पछाडी सवार विदुर नगरपालिका वडा नं.–५ का २८ वर्षको सुरेन्द्र चित्रकारको दुवै खुट्टामा चोटपटक लागेकोले उपचार भईरहेको प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । मृतक अधिकारीको लाश जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम गरेर परिवारलाई मंगलबार बुझाईएको छ ।