सडकमा धान रोपेर विरोध

  • त्रिशूली प्रवाह
  • २५ असार २०७७, बिहीबार १२:४२
Logo of trishuli prawaha

गेर्खुटार, गल्छी–त्रिशुली–मैलुङ्ग–रसुवागढी सडक स्तरोन्नती आयोजनाले सडक भत्काएर छोडेपछि विरोधमा उत्र्एिका विदुर नगरपालिका वडा नंं.–१० गेर्खुटारबासीले भत्काईएको सडकमै धान रोपाई गरेर विरोध जनाएका छन् ।

शुभघाटमा नालीको काम गरिरहेका कमदारलाई लखेटेर स्थानीयले काम गरिरहेको जमिनमा धान रोपाई गरेका छन् । आफ्नो जमिन आयोजनालाई नदिने र खेती गर्ने भन्दै धान रोपाई गरेको विदुर नगरपालिका वडा नं.–१० का सदस्य विष्णुप्रसाद प्याकुरेलले बताउनुभयो । अदातलले मुआब्जा दिएर मात्रै काम थाल्नु भन्दा पनि आयोजनाले जर्बजस्ती गर्न थालेको स्थानीयको भनाई छ । अदालतको आदेश अवज्ञा गरी आफ्नो नाममा रहेको जमिनमा आयोजनाले पर्खाल लगाउन, खन्न थालेपछि स्थानीय सडक पिडितहरू खेतका गरा बनाएर धान रोपाई गरेका थिए । सडकले चर्चिने जग्गाको मुआब्जा दिएर मात्रै काम गर्न झण्डै सात महिना अघि अदालतले आयोजनाको नाममा आदेश गरेको छ । त्यसका लागि आवश्यक सूचना आयोजनाले जारी गरेपनि मुआब्जा प्राप्त नभएको स्थानीयले बताएका छन् ।