तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २५ असार २०७७, बिहीबार १२:४४
Buddha Eyes

कर्मचारीको सरूवा, बढुवा नियमित प्रक्रिया नै हो । जिल्लाका सिडिओ सा’वको सरकारले सालतमामी नसकिंदै सरूवा गरेको छ । आउने÷जाने सिडिओ सा’वको जिल्लामा अनेक कोणबाट चर्चा चलिरहेको छ । जाने सिडिओ सा’व त विवादमा नमुछिएर गएँ ! त्यसैले होला सरकारले राम्रै ठाउँमा सरूवा पाएँ ! नयाँ आउनेमा सिडिओ सरले बर्खे भेललाई कसरी सग्लो बनाउँलान् नुवाकोटबासी आशातित भएका छन् । नुवाकोट आउन हत्तपत्त कोही कर्मचारी चाहँदै चाहँदैनन्, आएपछि जानै मान्दैनन् के छ कुन्नि यो जिल्लामा हजार जिभा भएको शेष नागले जानुन् । जिल्लाको सबै खोलो धमिलो भएर होला गत वर्ष एसपी सा’वको सरूवा भएको थियो । यसपटक संयोग हो कि पारो उहीँ हो बुझिनसक्नुको छ । खोलो मेरो भन्नेहरूले समयमै बुझुन् जनताको यसैमा भलो छ कसो हो समन्वय प्रमुख सर ? नुवाकोटमा फेरी उपसचिवकै राईदाई हुने भएको छ । गृहले नुवाकोटको सिडिओमा सहसचिव रहने ब्यवस्थालाई यसपटक धोती लगाईदिएको प्रतिपक्ष दलहरूले खुच्चिङ गरिरहेका छन् ।