नुवाकोटको सिडिओमा ढकाल

  • त्रिशूली प्रवाह
  • २५ असार २०७७, बिहीबार १४:३७
Logo of trishuli prawaha

विदुर, गृहमन्त्रालयले नुवाकोटको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सोमबार उपसचिव झंकनाथ ढकाललाई सरूवा गरेको छ ।

मन्त्रालयले नुवाकोटमा कार्यरत सिडिओ द्रोणप्रसाद पोख्रेलको गृहमन्त्रालयमा सरूवा गरेर नुवाकोटमा झंकनाथ ढकाललाई सिडिओ बनाएर पठाएको छ । नुवाकोटमा सहसचिव सिडिओ रहँदै आएकोमा यसपटक उपसचिवलाई नुवाकोट कामु सिडिओ बनाएर मन्त्रालयले पठाएको छ । नुवाकोटमा पोख्रेल २०७५ जेठ २० गते सर्लाही जिल्लाबाट सरूवा भएर आएका थिए । गृहमन्त्रालय पोख्रेलको सरूवा कारागार ब्यवस्थापन विभागमा गरेको छ । मंगलबार उहाँको विदाई जिल्लाका विभिन्न संघ संस्थाले गरेको थिए ।

नुवाकोटको सिडिओमा गृहमन्त्रालयबाट झंकनाथ ढकालको सरूवा भएको छ । ढकालले यससअघि पर्वत लमजुङसहित ४ वटा जिल्लामा सिडिओ भएर काम गरिसक्नुभएको छ । गृहमन्त्रालयले नुवाकोटको सिडिओ र सहायक सिडिओ उपसचिव पठाएको छ । २०७३ देखि नुवाकोटमा सिडिओको दरबन्दी सहसचिव रहने ब्यवस्था गरेको थियो ।