ब्यवसायीद्वारा प्रजिअ ढकालको स्वागत

त्रिशूली प्रवाह
५ साल अगाडी

विदुर, नुवाकोटको प्रमुख जिल्ला अधिकारमिा गत हप्ता सरूवा भई आउनुभएका झंकनाथ ढकाललाई नुवाकोटका उद्योगी ब्यवसायीले शुक्रबार स्वागत गरेका छन् ।

नुवाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा नुवाकोट चेम्बर अफ कर्मश सहित जिल्लाका उद्योगी ब्यवसायीको सहभागिता रहेको थियो । संघका सचिव उपेन्द्र बुढाथोकीले सञ्चालन गर्नुभएको स्वागत तथा परिचायात्मक कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष गीता अमात्य, नमस्ते पासाङल्हामु यातायात सेवा प्रा.लि.का अध्यक्ष कूलबहादुर खड्गी, नुवाकोट च्याम्बर अफ कमर्शका अध्यक्ष कविन्द्रमान प्रधान र संघका पूर्व अध्यक्ष शरण उत्सुक सापकोटाले जिल्लको ब्यवसायी क्षेत्रको अवस्थाको बारेमा जानकारी गराउँदै उद्योग ब्यवसायमा रहेका समस्या समाधान गरिदिन आग्रह गर्नुभएको थियो । संघका अध्यक्ष ताराबहादुर कार्कीले स्वागत गर्दै अवैध ब्यापार, ब्यवसायलाई निरूत्साहित गर्न संघ लागीरहेको जानकारी दिनुभयो । उहाँले जिल्लामा शान्ती सुरक्षाको अवस्था सन्तोषजनक रहेको भएपनि अवैध ब्यापार ब्यवसाय र पोके ब्यापारी बढिरहेकोमा चिन्ता ब्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा स्वागत ग्रहण गर्नुहुँदै प्रजिअ ढकालले नागरिकको हितको लागि सपथ खाएर सरकारी सेवामा प्रवेश गरेको बताउँदै राज्यका ऐन कानुनको प्रभावकारी कार्यान्वयन गराउन सबै पक्षसँग समन्वयात्मक भूमिका निर्वाह गर्न प्रतिवद्ध रहेको बताउनु भयो । ब्यवसायीमैत्री वातावरण, नागरिक सूचनाको हकको कार्यान्वयन, सूशासन प्रवद्धन र राज्यको कानुन प्रभावकारी कार्यान्वयनमार्फत नागरिकमैत्री शासन स्थापनाको लागि काम गरेर देखाउने उहाँले बताउनु भयो । ओठेभक्तिमा विश्वास नगर्ने बताउँदै साना र ठुला नागरिकलाई एकै किसिमको ब्यवहार गर्ने समेत उहाँले प्रतिवद्धता जनाउनुभएको छ । लमजुङ संखुवासभा पर्वत सहित चार जिल्लामा उहाँले कुशलतापूर्वक प्रजिअको जिम्मेवारी पूरा गरी सक्नुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह