बट्टार क्रियापुत्री प्रतिष्ठानको अध्यक्षमा खड्का

  • त्रिशूली प्रवाह
  • १ श्रावण २०७७, बिहीबार १२:२६

बट्टार, नुवाकोटको विदुर नगरपालिका वडा नं.–४ बट्टार हावाघरसँगै रहेको बट्टार क्रियापुत्री कल्याणकारी प्रतिष्ठानको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेंशन गत हप्ता सम्पन्न भएको छ ।

उक्त अधिवेंशनबाट अध्यक्षमा मोहनबहादुर खड्का सर्वसम्वत निर्वाचित भएको निर्वाचनमण्डलका संयोजक द्वारिकाप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँको अनुसार प्रतिष्ठानको प्रथम उपाध्यक्षमा भुवनलाल राजभण्डारी, दिद्धिय उपाध्यक्षमा कुवेरमान श्रेष्ठ, महासचिवमा उद्धवराज थापा, सचिवमा रामप्रसाद अधिकारी, कोषाध्यक्षमा धुव्रप्रसाद अर्याल, सहकोषाध्यक्षमा बच्चुमाया सुनारीमगर र सदस्यमा सञ्जिवबहादुर श्रेष्ठ, विष्णुप्रसाद नेपाल, केशवप्रसाद रिमाल, सरस्वती मिश्र, राजनप्रसाद जमकट्टेल, हरिप्रसाद घिमिरे, नानीकाजी प्याकुरेल, मधुसुदन घिमिरे, दयाराम अधिकारी, हरिशरण रिमाल रहेका छन् ।

२०७१ सालमा स्थापना भएको प्रतिष्ठानले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा र समाज कल्याण परिषद्मा दर्ता भएको छ । प्रतिष्ठानले हावाघरसँगै दुई रोपनी सार्वजनिक जग्गामा २ करोड ५० लाखको लागतमा स्थानीयबासी, चन्दादाता र सरकारी गैरसरकारी संघसंस्थासँग आर्थिक सहयोग जुटाएर १२ कोठे क्रियापुत्री बहुउद्देश्यीय भवन निर्माणको थालनी गरिसकेको छ । जिल्लाकै अति ब्यस्त र साधुरो क्षेत्र हुँदै गएकोले बट्टार बजारमा मर्दापर्दा गरिने धार्मिक कार्यको लागि स्थान अभाव भईरहेकोले बहुउद्देश्यीय भवन निर्माण गर्न लागेको नवनिर्वाचित अध्यक्ष मोहनबहादुर खड्काले बताउनु भयो । यो प्रतिष्ठानलाई हामी विशुद्ध सामाजिक संस्थाको रूपमा विकास गर्छौ, उहाँले भन्नुभयो ।