नुवाकोट प्रवेशमार्ग अस्तब्यस्त

  • त्रिशूली प्रवाह
  • १ श्रावण २०७७, बिहीबार १४:१९
Logo of trishuli prawaha

विदुर, वर्षात् लागेसँगै नुवाकोट भित्र्निे सबै सडकमार्ग स्तरोन्नतीका कारण अस्तब्यस्त भएका छन् ।

कोरोना भाईरसको प्रकोपले मुलुक लकडाउनमा रहेका कारण सवारी आवत–जावत नभएपनि अत्यावश्यक सवारी सञ्चालनमा समेत जिल्ला प्रवेश गर्ने सडक अस्तब्यस्त बनेको छ । विगतका वर्षमा सडक बिग्रिएका कारण यातायात ब्यवसायीले पनि सवारी साधन सञ्चालनमा कटौती गर्ने गरेका थिए । यस वर्ष भाईरसको सन्त्रासका कारण यात्रुबाहक कुनै पनि सवारी साधन सुञ्चालन भएको छैन । अहिले निर्माण सामाग्री, खाद्य तथा तरकारी ढुवानी गर्ने र अत्यावश्यक मानिएका सवारी मात्रै सञ्चालन भैरहेका छन् । यसका साथै निजी सवारी साधन पनि सरकारले तोकेको मापदण्ड पालना गरेर सञ्चालन भईरहेको छ । नुवाकोट जोडिने सडक मार्ग मध्ये गल्छि–त्रिशूली सडकमार्ग अरुको तुलनामा केही सहज रहेको एम्बुलेन्स चालकले बताएका छन् । सदरमुकाम विदुरदेखि ढिकुरे–थानसिंह–छहरे टोखा र पिपलटार–बेलकोट ककनी–रानीपौंवा–बालाजु सडकमार्ग अहिले अस्त–ब्यस्त बनेको छ । निर्माण कम्पनीले समयमा नै काम गर्न नसंक्दा निर्माण सम्झौता समेत तोडिएको छ ।

काठमाडौंलाई छोटो दुरीमा जोड्ने टोखा छहरे सडक मार्गको बिचबिचमा गएको पहिरो, अस्त–ब्यस्त बनेको सडक मार्गमा सबारी सञ्चालन शुन्य भएको छ । केहि निजि मोटरसाईकल बाहेक अन्य सबारी साधनहरु सञ्चालन हुन नसकेको गुर्जे अस्थायी प्रहरी पोष्टले जानकारी दिएको छ । नुवाकोटसँग सबारी सञ्चालन जोडिएको तिन वटै सडकमार्ग स्तरोन्नती गर्ने निर्माण कम्पनीले समयमानै काम गर्न नसकेको आरोप लाग्दै आएको छ । समय सिमा नजिकिदा सडकको हालत भने झन बिग्रिएको छ । जिल्ला अनुगमन समितिले बर्खाको समयमा सबै सडकमार्गहरु सफा गर्न र निर्बाध रुपमा सबारी सञ्चालन गराउनको लागि मन्त्रालयले निर्देशन गरेको छ । सडक डिभिजन कार्यालय नुवाकोटले सडक सुचारु गराउनको लागि विभिन्न स्थानमा डोजर ट्रिफरलगायतका उपकरण तयारी अवस्थामा राखेको छ ।

वर्षाका कारण पासाङल्हामु राजमार्गमा ढुंगा खस्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई आग्रह गरेको छ । नुवाकोटको रानीपांैवा, पैतिसकिलो, रसुवाको स्याफुवेंशी पुग्ने राम्चे, मूलखर्क, खोपाङको भिर, मैलुङ, स्याफ्रुवेंशीका लगायतका स्थानमा माथीबाट पहिरो आउने वा सडक भासिने सम्भावना रहेकाले सडकको अवस्थाअनुसार मात्रै सवारी सञ्चालन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख बिकल भट्टराईले आग्रह गरेका छन् । सडक ठाउँ–ठाउँमा भत्किएका कारण सवारीसाधन दुर्घटनामा पर्ने खतरा समेत रहेको उहाँले बताउनुभएको छ ।