तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ८ श्रावण २०७७, बिहीबार १५:५१
Buddha Eyes

देश भागवण्डा मै त चलेको छ नि ! पार्टीको त कुरै नगरौं । त्यो गुट, यो गुट, मेरो मान्छे, तेरो भन्दै कित्ता काँट ! जनताले बहुमत मात्रै नभई दुई तिहाई नजिक पु¥याउँदा समेत बामेहरूले जनमत थाम्न नसकेर बेलाबेलामा छताछुल्ल ! नुवाकोटमा गिट्टी, बालुवाले विगतदेखि नै सबैको टाउको दुःखाई बनिरहेको छ । दर्ता गर्दा मोटो रकम लिएर खोला किनारमै क्रसर राख्न दिने अनि विचराहरूले पेल्नको लागि आवश्यक सामाग्री कहाँबाट ल्यायोस् त ? विगतमा यस्तो समेत भयो बालुवा प्रशोधनको मेसिन नुवाकोटमा राख्ने कच्चा पदार्थ धादिङ गण्डकी प्रदेशबाट ल्याउने गरी स्वीकृत्ति दिई दर्ता नै गरियो । यो जिल्ला विगतदेखि नै अभागी कि ? भाग्यमानी तेस्रो अाँखाले छुट्टाउनै सकेको छैन । नेपाल एकिकरण भन्दा अगाडी नुवाकोट तीन वटा राज्य, अहिले ती राज्य पालिकामा परिणत ! हरेक वर्ष दलहरूको मारमुङ्गी परिरहने तादी, त्रिशूली, लिखु भागवण्डा गर्ने कि ? अहिले पनि जिल्लाका वैद्य÷अवैद्य रूपमा सञ्चालित क्रसर र बालुवा प्रशोधनमा नुवाकोटका………. नेताको शेयर नभएको कुनै छैन होला । हिजो साबेल र टोकरी बोकेर खोलामा जानेहरूको जिल्लामा अहिलेको आर्थिक हैसियत देख्दा प्रायःले जिब्रो काट्छन् । चुनावमा तिनीहरू सहयोग चन्दा÷दानलगायत के–के हो के–के सहयोग नलिई सांसद र पालिका प्रमुख बन्न गाह्रो रहेको भुक्तभोगीहरूको मिठो अनुभव छ । गिट्टी, बालुवाकै कारण कर्मचारी भने सुकामोर मै अल्मिलिंदा रूमलिंदा मिति नपुगदै बाई ! बाई !!