+
Search

ताजा अपडेट +

पपुलर +

कोरोनाको कारण गोसाइँकुण्ड मेला प्रभावित

त्रिशूली प्रवाह
६ साल अगाडी

– सरस्वती न्यौपाने

Satkar Machinery Center
Utsuk Books & Stationery

धुन्चे, रसुवा जिल्लाको १ सय ८ कुण्डमध्ये सबै भन्दा ठुलो कुण्डको रूपमा रहेको गोसाइँकुण्ड जाने तिर्थयात्री, पथपर्दशक शुन्य रहेको छ । गोसाइँकुण्डमा वर्षको दुई पटक गंगा दशहरा र जनैपुर्णिमामा लाग्ने गरेको मेला यसपटक कोरोना भाईरस (कोभिड–१९) का कारण प्रभावित बनेको छ ।

Suzuki New Bike & Scooter

भगवान शिवको बासस्थान गोसाइँकुण्डमा रहेको विश्वासमा हरेक वर्ष हजारौं तिर्थयात्री, पथपर्दशक धार्मिक उद्देश्य तथा प्राकृतिक दृश्य अवलोकनको लागि जाने गर्छन् । यस वर्ष कोरोना भाईरसको संक्रमण, नियन्त्रण र रोकथामको लागि जारी गरिएको लकडाउन अथवा बन्दाबन्दीले गोसाइँकुण्ड पदमार्ग सुनसान रहेको चन्दनबारीका होटल ब्यवसायी सुब्बा लामाले बताए । हरेक वर्ष जनैपुर्णिमाको अवसरमा गोसाइँकुण्ड पुगी निलकण्ठ दहमा स्नान र पुजा अराधना गर्ने गर्नाले स्वर्ग पुग्ने धार्मिक विश्वास रहेको छ । त्यही जनविश्वासले गर्दा काठमाडौंको बालाजु बसपार्र्क हुँदै रानीवन, रानीपौवा, पिपलटार, बट्टार, थानकोट, गल्छी, देविघाट हुँदै दुई मार्ग हँदै त्रिशूलीको ढुङ्गे उत्तरगया, बेत्रावती, ऐतिहासिक कालिकास्थान, गोम्बुडाँडा, राम्चे, ग्राङ, ठाडे, धुन्चेसम्म मोटरमा र धुन्चेबाट चन्दनबारी, लौरी बिनायक हुँदै निलाद्री पर्वतको पौराणिक धार्मिक गासाइँकुण्ड पुग्ने गर्दछन् ।

जिवनमा एकपटक भएपनि गोसाइँकुण्ड पुग्नैपर्ने जनविश्वास रहेको छ । बेत्रावती उत्तरगया घाटमा दाह्री केश मुण्डन, गंगा पुजन र पितृ तर्पणपछि गोसाइँकुण्डको यात्रा अगाडी बढ्छ । गोसाइँकुण्डमा दह पुग्नुपुर्व कुण्डको उत्तरतर्फ शंकर भगवानले त्रिशूल प्रहार गरी उत्पती गराउनुभएको तिनधारामा कुण्ड तथा मानव निर्मित मन्दिर समेत धुप, बत्ती, जौ तिल, जट्टावाला, नरिवल, श्रीखण्ड, गाईको घ्यू, बेलपत्र, सरस्यु, एकसेट दियो, त्रिशूल जस्ता समाग्री चढाएर अञ्जानमा गरेका पाप सबै नष्ट भई नयाँ सोच पलाउने धार्मिक मान्यता रहेको छ ।

जनैपुर्णिमाको समयमा देश विदेशबाट हजारौंको संख्यामा भक्तजन आउने गर्दथे । दैनिक डेढ÷दुई सय जना मानिसको आवत–जावत हुने यस ठाउँमा यस वर्ष कोभिड–१९ का कारण प्रभावित रह्यो । होटल ब्यवसाय र अन्य ब्यवसाय शुन्य नै रह्यो । विश्वब्यापी रुपमा नै रहेको कोरोनाका कारणले धार्मिक मार्गमा मानिसको आवत–जावत शुन्य रहेको छ । गंगा–दशहरा मेला र जनैपुर्णिमामा मेला लाग्ने यो क्रम धेरै पुरानो हो भने विगतका वर्षमा बाह्र्रै महिना घुम्नको लागि मानिसको ओईरो लाग्ने गर्दथे । अझै कोरोना महामारी नभएको भए सरदर ३० हजार मानिसको आवत–जावत हुने गर्दथ्यो ।

गोसाइँकुण्डमा स्नान गरेपछि दुःख, बिमार र ग्रहदशा टार्न सकिन्छ भन्ने विश्वास रहेको छ । सकेसम्म जिवनमा तिनपटक नसके एकपटक भएपनि गोसाइँकुण्डमा गएर पुजा गर्दा आफ्नो लक्ष्य र उद्देश्य पुरा हुने जनविश्वास रहेको छ । जसलाई गोसाइँकुण्डको शक्ति बारे थाहा छैन उसलाई यस्ता कुराहरु अनौठौ लाग्न सक्छ । तर त्यहाँ पुगेपछि आध्यात्मिक धर्म धार्मिक कुरा विश्वास र आस्थाले अनुभुति गर्न सकिन्छ ।

कुण्डलाई हिन्दुले मात्र होइन बौद्ध र बानर (बोम्बो झाँक्री) धर्मका अनुयायी विशेष रुपमा तामाङ जातिले यो कुण्डलाई अलि बढी मान्दछन् । उनीहरुको श्रद्धा र भक्ति कुण्डलाई आफ्नो महान देवता र पितृहरुसँग जोडेर हेर्दछन् । उनीहरु जनैपुर्णिमाको बेला पुजा गर्न जान्छन् । बोम्बो (झाँक्री) सँग धार्मिक, साँस्कृतिक र मनोरञ्जनका शब्दहरु राखेर गीत गएर नाँचगान सहित पुजा गर्न पुग्छन् । तर गंगा दशहराको बेलामा भने जादैनन् । बोन धर्म र (झाँक्री) अनुसार यो परम्परा कुण्ड बनेदेखिको हो । गोसाइँकुण्डमा सन्तान नहुनेले सन्तान पाउ भनि भाकल गरे मनोकामना पुरा हुने विश्वास रहेको छ । गोसाइँकुण्ड तिनतिरका बाटो भएर (रसुवा, नुवाकोट र सिन्धुपाल्चोक) पुग्न सकिन्छ ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण धार्मिकस्थल शुन्य रह्यो । जसको कारण पदमार्गमा रहेका होटल ब्यवसाय बन्द छन् । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएम भन्नुहुन्छ, ‘कोभिड–१९ ले मेला प्रभावित बनेपछि जेठ महिनामा लाग्ने गंगा दशहारा मेला पूर्णरूपमा प्रभावित भयो भने साउनमा लाग्ने जनैपुर्णिमा मेला समेत प्रभावित हुनेछ ।’

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह