+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट र रसुवाका पाँच विद्यालयका सात जना पुरस्कृत

त्रिशूली प्रवाह
६ साल अगाडी

विदुर, यसोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रष्टले नुवाकोट र रसुवाबाट गत वर्षको एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने ७ जना विद्यार्थीलाई शनिबार नगद रुपैयाँ सहित सम्मान गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

ट्रष्टले दुई वर्ष (२०७४, ०७५) मा सरकारी विद्यालयबाट एसईई परिक्षमा उत्कृष्ट अंक ल्याउने नुवाकोटका रस्मी पनेरु, निशा गजुरेल, अनुप कोईराला, श्रीकृष्ण ओझा, शैलजा गजुरेललाई नगद दश हजार रुपैयाँ सहित सम्मान गरेको थियो । त्यसैगरी, ट्रष्टले रसुवाका बिक्रम राणा तामाङ र सौगात वस्तीलाई नगद रुपैयाँ सहित सम्मान गरेको ट्रष्टका महासचिव जगदिश्वर नरसिंह केसीले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिनुभयो । ट्रस्टले एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल नुवाकोटको पृथ्वी माध्यामिक विद्यालय, च्वाडी पब्लिक माध्यामिक विद्यालय, ज्ञानज्योती माध्यमिक विद्यालय र रसुवाको निलकण्ठ माध्यामिक विद्यालय सुन्दरा मा.वि.लाई प्रमाणपत्रद्धारा सम्मान गरेको थियो । सो कार्यक्रममा उत्कृष्ट अंक ल्याउने विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछाने, टिका खरेल, मुकुन्दप्रसाद रिजाल, पुर्णचन्द्र भट्टराई र नारायणप्रसाद देवकोटालाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । विगतका वर्षदेखि उत्कृष्ट अंक ल्याउने छात्र÷छात्रा, प्रधानाध्यापक र विद्यालयलाई गर्दे आएको सम्मान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको सम्मान तथा पुरस्कार प्रदान गर्दै ट्रस्टका प्रमुख संरक्षक तथा पूर्व शिक्षामन्त्री अर्जुन नरसिंह केसीले बताउनु भयो ।

ट्रस्टका अध्यक्ष केदार नरसिंह केसीको सभापत्विमा सञ्चालन भएको कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, ट्रस्टका संरक्षक नारायण नरसिंह खत्री, महासचिव जगदिश्वर नरसिंह केसी, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, नेपाल शिक्षक संघका अध्यक्ष रामबहादुर थापा, नेपाली काँग्रेस नुवाकोटका प्रबक्ता राजु थापा, पृथ्वी माविका प्रधानाध्यापक बाबुराम लामिछानेलगायतले शिक्षा बिना मानव जीवनको कल्पना गर्न नसकिने उल्लेख गर्नुभएको छ । सो कार्यक्रममा यसोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रष्टले आगामी वर्षदेखि नुवाकोटलाई कार्यक्षेत्र बनाएर स्वास्थ्य र शिक्षा क्षेत्रमा कलम चलाउने एकजना पत्रकारलाई नगद रुपैयाँ सहित सम्मान गर्ने घोषणा गरेको छ । आफ्नो बाबुआमाको नाममा स्थापित ट्रष्टमार्फत जिल्लामा क्रियासिल पत्रकारलाई सम्मान गर्ने नेता केसीको घोषणाले पत्रकारिता क्षेत्रमा लागेर जिवन चलाउँदै आएका कलमजिवीलाई उत्साहित बनाएको पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपलिदेव खनालले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह