+
Search

ताजा अपडेट +

पपुलर +

रातो मछिन्द्रनाथको मन्दिर पुनःनिर्माण

त्रिशूली प्रवाह
६ साल अगाडी

त्रिशूलीबजार, विदुर नगरपालिका वडा नं.–१ त्रिशूलीबजारमा दुई सय वर्ष भन्दा पूरानो करूणामय रातो मछिन्द्रनाथको मन्दिर २०७२ सालको भूकम्पले भत्काएपछि वाग्मती प्रदेश सरकारको सहयोग र विदुर नगरपालिकाको समन्वयमा उपभोक्ताले पुनःनिर्माण गरेका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

प्रदेश सांसद विकास कोषको बजेट विदुर नगरपालिकामार्फत आएको १० लाख र उपभोक्ताले जनश्रमदानबाट २ लाख ५६ हजार ३ सयमा पुनःनिर्माण फागुनदेखि शुरू गरिएको थियो । मन्दिरमा तामाको छाना लगाउने, सुनको जलप भएको गजुर राख्ने र बाहिरी संरचनाको निर्माण पूरा भएपनि मन्दिरभित्र पित्तलको पाता राख्ने, रंगरोगन र काठको टुँडालको बुट्टा भर्ने काम बाँकी रहेको उपभोक्ता समितिका अध्यक्ष लावश शाक्यले जानकारी दिनुभयो । वाग्मती प्रदेशका सांसद केशव पाण्डेले सांसद विकास कोषमार्फत पठाउनुभएको बजेट उपभोक्ता, समितिको जनश्रमदानबाट मन्दिरको पुनःनिर्माण भएको निर्माण समितिकी कोषाध्यक्ष सरिता जोशीले बताईन् । मन्दिरमा सुनको जलप भएको गजुर स्थानीय समाजसेवी आनन्द शाक्यले निजी खर्चमा शनिबार राखीदिएका छन् । मन्दिरमा रहेको तामाको माने मर्मत गर्न र केही नयाँ राख्नुपर्ने भएकोले त्यसको लागि उपभोक्ता समितिले दाता खोजिरहेको छ । उक्त मन्दिरको मुर्तिको बारेमा रहेको किम्वदन्तीअनुसार विगतमा काठमाडौंको चोभारबाट मछिन्द्रनाथको मुर्ति चोरले चोरेर तिब्बत लैजाने क्रममा हाल मन्दिर रहेको त्रिशूलीबजारमा राती बास बसेको बिहान उक्त मुर्ति उठाउन खोज्दा नसकेपछि छाडेर भागेकोले सोही ठाउँमा मन्दिर बनाएर मुर्ति राखिएको हो । मन्दिरको माने मर्मत पहिला बनाईदिने दाताले नै गरिदिने भएकोले केही ढिलाई भएको स्थानीय रत्नदेव बज्रचार्यले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह