पत्रकार भट्टलाई कृष्णमाया लिलानाथ स्मृति पत्रकारीता पुरस्कार

  • त्रिशूली प्रवाह
  • ९ श्रावण २०७७, शुक्रबार १४:०५

विदुर, नुवाकोटका क्रियाशिल पत्रकार देबचन्द्र भट्ट कृष्णमाया लिलानाथ स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित भएका छन् । २५ हजार पुरस्कार राशीको उक्त पुरस्कार नुवाकोटबाट प्रकाशित हुँदै आएको उत्तरगया दैनिकको निरन्तरताको तेस्रो वर्ष प्रवेशको अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रदान गरिएको थियो ।

पत्रिकाका प्रकाशक शिव देबकोटाले आफ्ना स्वर्गीय मातापिताको नाममा स्थापना गरेको कृष्णमाया लिलानाथ स्मृति क्रियाशिल पत्रकारीता पुरस्कारबाट पत्रकार देबचन्द्र भट्टलाई सम्मानित गरिएको थियो । उक्त वार्षिकोत्सवमा काँग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधीसभा सदस्य बहादुरसिंह लामाले २५ हजार पुरस्कार राशी र सम्मानपत्रद्वारा पत्रकार भट्टलाई प्रदान गर्नुभएको थियो । सो कार्यक्रममा उत्तरगया दैनिकलाई वर्षभरीमा सबै भन्दा बढी विज्ञापन उपलब्ध गराउने स्पीड अटो ईन्टरनेशनल बट्टारका सञ्चालक विरेन्द्रकुमार गोडीलाई समेत सम्मानग गरिएको थियो । कार्यक्रममा सम्मानित पत्रकार भट्टले सम्मानले आफूलाई स्वतन्त्र र खोजमुलक पत्रकारीताप्रति झनै जिम्मेवार बनाएको बताउँदै सदैब नागरिकको मन जित्ने पत्रकारीता गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले श्रोत र साधनको अभाबमा पनी नुवाकोटमा पत्रकारिता क्षेत्र फष्टाएको बताउनु भयो । संघीयता कार्यान्वयनसँगै श्रोत र साधन विकेन्द्रिकृत भएको बताउनु भयो । पत्रकारीता क्षेत्रमा पनी पत्रिका सञ्चालन र ब्यष्बस्थापनमा ठुलो चुनौती रहेको बताउँदै यसलाई दिगो बनाउने तर्फ सबै सरोकारवाला निकायहरु लाग्नु पर्ने उहाँको भनाई छ । राज्यको बिभिन्न अङग, बस्तु तथा सेवाको कारोबार, र स्थानिय तहले गरेका राम्रा र नराम्रा सबै कामको लेखाजोखा गर्दै पत्रिकाले प्रमाणको रुपमा भबिष्य सम्म सुरक्षित हुने उहाँको भनाईछ ।

कार्यक्रममा सहभागीहरुले समित श्रोत र साधन भएता पनी नुवाकोटमा पत्रकारिता क्षेत्रमा लागेका ब्यक्तिहरुले समुदायमा गरेको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा दुप्चेश्वर गाँउपालिकाका अध्यक्ष योबिन्द्र सिङ तामाङ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, नेपालि काँग्रेस नुवाकोटका सचिब सुरेन्द्रराज अधिाकरी प्रबक्ता राजु थापा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यष कपिलदेब खनाल, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, नुवाकोट चेम्बर अफ कमर्सका अध्यक्ष कबिन्द्रमान प्रधान लगायतले शुभकामना मन्तब्य राखेका थिए ।