माछापालन रोजगारी पनि, कमाई पनि

  • त्रिशूली प्रवाह
  • ९ श्रावण २०७७, शुक्रबार १४:१६

नेपालमा प्रशस्त पानीको स्रोत जस्तै नदी, ताल, रिसेर्वोइर, झरना, पोखरी आदि भएकाले जलिय कृषिको धेरै सम्भावना छ । नेपालमा पानीको स्रोतले ढाकेको क्षेत्रफल मध्ये लगभग ५ लाख हेक्टर (१ हेक्टर . ३० कट्ठा) माछापालनको लागि योग्य छ । कूल पानीको स्रोत मध्ये ४९ दशमलव १० प्रतिशत नदी, ताल र रिसेर्वोइरले ओगटेको छ भने ० दशमलव ८ प्रतिशत पोखरी, १ दशमलव ५ प्रतिशत घोल र ४८ दशमलव ६० प्रतिशत सिंचाई हुने धान खेतले ओगटेको छ्र । नेपालमा २४ जातीय समूह जस्तै भोटे, दराई, माझी, थारु, दनुवार आदिको जिविका मत्स्य क्षेत्रमा निर्भर छ भने वर्तमानमा हेर्दा सबै मानिस माछापालनमा समावेंश भई आफ्नो मूख्य पेशा नै माछापालन बनाईरहेका छन् । थोरै लगानी र मेहनतबाट धेरै नाफा निकाली देशको गरिवी कमी गर्ने ब्यवसाय, माछापालन रोजगारी र कमाई दुवै हुन सक्छ ।

नेपालमा २०७५÷०७६ को तथ्याङ्कअनुसार नेपालमा १ लाख ४३ हजार २ सय ४१ जना मानिस मत्स्यपालन एवं ब्यवस्थापनमा प्रत्यछ रोजगारी छन् भने ४ लाख २१ हजार ३ सय ४५ जना प्राकृतिक जलासयमा माछामारी जिविकोपार्जन गर्छन् । नेपालको विभिन्न ठाउँमा माछाफर्म खोलेर रोजगारी सिर्जना भएको छ । ब्यवसायिक रुपमा फस्टाउँदै आएको गण्डकी रेन्बो ट्रोउट फार्मले त्यहाँ कम गर्ने कामदारलाई रोजगार दिएको छ । साथै आम्दानी पनि राम्रो राखेको छ । यो फार्म २००९ मे १ मा अमृत गुरुङ र लक्षिण गुरुङ मिलेर स्थापना गरेका हुन् । यो फार्म माछापुछ्रे र अन्नपुर्ण हिमालको काखमा कास्की जिल्लाको सार्दीखोला गाउँपलिकामा छ । यस फर्मले महिनामा लगभग ३ हजार ५ सय टुरिष्ट आकर्षित गर्छ जसलेआम्दानी बढेको छ । यस फर्मको फ्रेस माछा पकाएर बेच्नको लागि रेष्टुरेण्ट पनि खोलेको छ । जसले थप मान्छेलाई रोजगारी सिर्जना गर्नुका साथै आम्दानी बढाएको छ । यो फार्मले ड्राई ट्रोउट विभिन्न देशमा निर्यात गर्न थालेको छ जसले गर्दा विदेशी पैसा कमाई हुन्छ । नेपालको पहाडी भागतिर प्रयाप्त मात्रामा बगिराख्ने चिसो पानी हुने भएकोले सम्म नभएको टुक्रा जग्गामा पनि रेन्बो ट्रोउट माछापालन गरेर रोजगार गर्नका साथै राम्रो कमाई निकाल्न सकिन्छ । नेपालमा पहिलो पटक निजी फर्ममा ट्राउट पालन गर्ने ब्यक्ति नुवाकोट जिल्ला ककनी गाउँपालिका निबासी पूर्णबहादुर लामा हुन् । लामा अहिले जिवित छैनन् । उनले रेन्बो ट्राउट पालन १९९८ मा शुरु गरेका थिए र अहिले पनि उनको परिवारले माछापालनलाई निरन्तरता दिईरहेका छन् । नुवाकोट जिल्लाको ककनीबाट निजी क्षेत्रका ब्यवसायीले शुरू गरेको रेन्बो ट्राउट माछाको अहिले ४० भन्दा बढी जिल्लामा दुई हजार भन्दा बढी संलग्न रहेका छन् । अहिले नेपालमा एकसय मेट्रिक टन ट्राउट माछा उत्पादन गर्न सक्ने ब्यवसायी र पूर्वाधार रहेको छ । नेपाली बजारमा जिउँदो माछा, पकाएको माछा, माछाको सुकुटी, माछाको अचारलगायत बिक्रि हुँदै आएको छ ।

नेपालमा ३५ वटा पहाडी जिल्ला, २० वटा तराई जिल्ला र काठमाडौं उपत्यका गरी ५६ वटा जिल्लामा तातो, चिसो पानीमा हुने माछाको ब्यवसायिक पालन भईरहेको छ । तराईका विभिन्न जिल्ला जस्तै चितवन, पर्सा, बारा, झापा, सुनसरी, मोरंगलगायतमा ब्यवसायिक रुपमा कार्प, टिलापिया माछापालन फस्टाउँदै आएको छ । युवाको रुची बढ्दै आएको माछापालन क्षेत्रमा आधुनिकीकरण बढ्दै स्वरोजगारको रुप लिएको छ । झापा, बिर्तामोड–१० का युवा विशाल राई जागिरका लागि भौतातीरहेको बेला उनले माछापालन ब्यवसाय गरेर करिव १० जनालाई रोजगारी दिनुका साथै लाखौं आम्दानी गरिरहेका छन् । यसैगरी पोखराको रुपा, बेगनास तालमा के्रजमा माछापालन गरेर सयौं जनाले अहिले आम्दानी गरिरहेका छन् । यसैगरी धान खेतमा माछापालन गरेर पनि थप आम्दानी कमाउन सकिन्छ । धान खेतमा माछापालन नेपालका भक्तपुर, कास्की, तनहु, स्याञ्जा, धादिङ, गोर्खा, चितवन र मकवानपुरमा भईरहेको छ्र ।
वर्तमान तथ्याङ्कअनुसार मत्स्य क्षेत्रले राष्ट्रिय ग्राहस्थ उत्पादनमा १ दशमलव १३ प्रतिशत योगदान गर्छ भने कृषि क्षेत्रको ग्राहस्थमा ४ दशमलव १८ प्रतिशत योगदान पु¥याउँछ । मत्स्यपालनबाटै जिविकाआर्जन गर्ने नेपालका विभिन्न समुहका मानिसको मुख्य पेशा नै माछापालन हो जस्तै जलारी समुदायमा मस्त्य क्षेत्रले ६८ प्रतिशत घरको आम्दानीमा योगदान गर्छ । नागरिकले माछाबाट हुने पोषणको महत्व बुझ्दै गएको वर्तमान अवस्थामा नेपाली बजारमा माछाको माग निकै नै बढेको छ । नेपाली बजारमा हेर्दा धेरै माछा इन्डियाबाट आयात भईरहेको छ । तसर्थ नेपालमा भएको स्रोतको उचित उपयोग गरी पुर्वाधार विकास गरेर हामीले आयात घटाउनुका साथै अरु देशमा माछा निर्यात गर्न सक्छौं । आजको अवस्थामा फस्टाउँदै आएको माछापालन ब्यवसाय रोजगारी र कमाई दुबै बनेको छ । कोरोना भाईरसको कारण विदेशीएका हजारौं नेपाली फर्केका छन् । तिनीहरू कत्तिले त यस सम्बन्धि ज्ञान र सिप सिकेर आएका छन्, तिनीहरूलाई हौसला र मौका दिएर मत्स्य पालनमा सहभागी गराउन सकेमा रोजगारी थप सिर्जना हुने र आयात घटाउनमा समेत टेवा पुग्नेछ ।

बिदिका सुबेदी, मत्स्य विज्ञ
कृषि तथा वन विज्ञान विश्व विद्यालय, रामपुर चितवनको सहयोगमा
अभिमन्यू श्रेष्ठ, अनुसन्धान साहयक
मत्स्य अनुसन्धान केन्द्र, त्रिशूली नुवाकोटले तयार पारेको लेख

.