+
Search

ताजा अपडेट +

पपुलर +

नमुनाको लागि नुवाकोटका दुई विद्यालय छनोट

नमुनाको लागि नुवाकोटका दुई विद्यालय छनोट
त्रिशूली प्रवाह
५ साल अगाडी

विदुर, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय क्षेत्र विकास योजना अनुसार नुवाकोटका दुई वटा सामुदायिक विद्यालयलाई नमुना विद्यालयको लागि छनौट गरेको छ ।

छनौट भएका सामुदायिक विद्यालयमा म्यागङ गाउँपालिका वडा नं.–५ को बिन्दुकेशर माध्यमिक विद्यालय र तादी गाउँपालिका वडा नं.–३ को अमरज्योती मावि रहेका छन् । मन्त्रालयले यसअघि विदुर नगरपालिका वडा नं.–१ त्रिशूलीको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई छनोट गरेर आवश्यक शैक्षिक जनशक्ति पूरा गर्न र भौतिक पूर्वाधार निर्माणमा सहयोग गरेको थियो ।

देशभरका एकसय वटा सामुदायिक विद्यालय नमुना विद्यालयको रूपमा छनोट भएका छन् । दुर्भाग्य छनोट भएका विद्यालयमा विद्यार्थीको संख्या अत्यन्त न्युन रहेको छ ।
.

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह