+
Search

ताजा अपडेट +

पपुलर +

महमा आत्मनिर्भर बन्न सक्छ नुवाकोट !

त्रिशूली प्रवाह
६ साल अगाडी

धुव्रप्रसाद सापकोटा ‘मौरीबाजे’
म्यागङ गाउँपालिका–५, सामरी, नुवाकोट

Satkar Machinery Center
Utsuk Books & Stationery

‘‘हरियो वन नेपालको धन, धनीले मात्र भन, गरीवले भन्दै नभन’’ भन्ने उक्तिलाई मेटाउन वनलाई निःशुल्क उपभोग गरेर गरीवले पनि लाभ लिन सक्ने भनेकै मौरीपालन ब्यवसाय हो । नेपालको वन क्षेत्र मौरी पाल्नको लागि अनुकुल रहेको छ । वनलाई आधार मानेर धनी र गरीव सबैको पहुँच पुग्ने ब्यवसाय मौरीपालनलाई अगाडी बढाउने हो भने रोजगारी र सम्बृद्धिको लागि ठुलाठुला उद्योग धन्दा खोल्नु पर्दैन ।

      नेपालको वन मौरीको चरन पक्कै हो प्रकृतिले नुवाकोटको भुगोलमा पनि धेरै प्रजातिका जडिबुटी फलफुल वनस्पति प्रयाप्त मात्रामा फुल्छन् । त्यसको प्रयोग र महत्व नबुझ्दा खेरा गईरहेको छ । त्यसमा प्रशस्त रस हुन्छन् । ति फलका रस जम्मा गरी आम्दानी गर्न सक्ने माध्यम भनेकै मौरीपालन ब्यवसाय हो । नुवाकोट जिल्लाको १२ (बाह्र) वटै स्थानीय निकायमा मौरीका चरन २० देखि ६५ प्रतिशतसम्म राम्रो सम्भावना भएको क्षेत्रमा पर्छ । शिवपुरी, दुप्चेश्वर, म्यागङ, किस्पाङ, तादी, पञ्चकन्या, बेलकोटगढी, ककनीका घना जङ्गल, जडिबुटी, वनस्पति मौसमअनुसार ढकमक्क फुलेका ति फुल हेर्दा प्रकृतिले मौरीपालन र धेरै आम्दानी गर भनि वरदानै दिएको हो कि जस्तो आभाष हुन्छ । विदुर नगरपालिका, तारकेश्वर, सुर्यगढी र लिखु गाउँपालिकाका केही क्षेत्रमा तरकारी खेतीमा प्रयोग गर्ने रसायनिक विषादीले मौरीपालनलाई असर पु¥याएको छ । ति बाहेक जिल्लाभरीका बोट बिरूवा, वनस्पति टन्न पुस्परस बोकेर मौरीसँग पिरती गास्न पर्खिरहेका छन् ।

     ‘समृद्ध नेपाल सुखी नेपाली’को एउटा पाटोको सुरूवात मौरीपालन ब्यवसाय हो । यो ब्यवसायमा साना भुमिहिन कृषकदेखि सम्पन्न कृषकसम्म सजिलै अटाउँछन् । सर्र्वप्रथम हामीले मौरी र महको महत्व बुझ्न जरूरी छ । मौरीपालन किसानलाई विभिन्न बालीनाली, बोट बिरूवामा पराग सेचन गराएर पर्यावरण बचाउन सहयोग पुग्छ । अहिले मौरी पर्यटक प्रवृद्धनको माध्यम पनि बनिरहेको छ । यो ब्यवसाय गर्दा थोरै लगानीबाट धेरै आम्दानी लिन सकिन्छ भन्ने विश्वास जोगाउन जरूरी देखिन्छ । महको फाईदा र आवश्यकता यसमा पाईने भिटामिन बि.२–३–४–६ देखि भिटामिन १२ सम्म पाईन्छ । मह सेवन गर्दा विभिन्न रोगदेखि क्यान्सरको सम्म औषधी हुन्छ । महमा १ सय ८१ वटा पोषण तत्व पाईन्छ । जुन तत्व अरू कुनै पदार्थमा पाईँदैन । कुपोषण, अरूची, उच्च रक्तचाप, शरीरमा रगतको कमी हुँदा मह सेवन गर्दा लाभ पुग्छ । मौरीको खिल बाथ, हाडजोर्नी, प्यारालाईसिस जस्ता रोगको उपचारमा लाभदायक बनिरहेको छ । महले चिलाउने दाद, काटेको घाउ, फोक्सो, ब्रोन्काईटिसलगायतको उपचारमा सफलता पाईएको छ । यस्तो बहुगुणी मौरी निर्धन, गरीव, सुकुमबासीले सम्म पालन गरी फाईदा लिन सक्ने भएकोले जिल्लाको १२ वटै पालिकाले नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने हो भने सम्बृद्धि हासिल गर्न सक्छन् ।

     जनप्रतिनिधीले आफ्नो–आफ्नो पालिकाभित्र रहेको कृषि ज्ञान केन्द्रमार्फत मौरी विज्ञहरूसँग समन्वय गरी कृषकलाई परामर्श र हौसला तथा अनुदान दिने हो भने नुवाकोट जिल्लाबाट लाखौं रूपैयाँको मौरीको मह निर्यात गर्न सक्छौं । मौरीपालन गर्दा ग्रामिण क्षेत्रका धेरै किसान आत्मनिर्भर हुँदै जान्छन् । आजभोली नुवाकोटको बजारमा महको माग धेरै बढेको छ । सबैजना निरोगी बन्न चाहान्छन् । जुनसुकै रोगलाई पनि ठिक हुने मह खादा कसैलाई पनि हानि नहुनेकुरा धेरैले बुझिसकेको हुनाले दैनिक महको माग बढ्दो छ । तर जिल्लामा हाल उत्पादन भईरहेको महले माग धान्न नसंक्दा बाहिरबाट कम गुणस्तरका मिसावट मह भित्रीरहेको छ । जिल्लामा मौरी पालनले अहिले ब्यवसायीक रूपग्रहण गर्दै छ । यसमा लगानी गर्नेको संख्या बढिरहेको छ । अहिले पनि जिल्लाका मौरीपालन ब्यवसायमा संलग्नहरू देखासिखीको आधारमा गईरहेका छन् । उनीहरूसँग सिप, ज्ञान, दक्षताको कमी देखिएको छ । जसले जे सल्लाह दिएपनि मौरीपालन गर्नेहरू त्यसैमा विश्वास गरिरहेका छन् । जिल्लामा आवश्यक पर्ने मौरीका घार, उपकरण सस्तो र फाईदाको नाममा अनसाईज र मापदण्ड विपरीत मौरी र घार सम्बन्धी जानै नभएकाहरूले बिक्र, वितरण गरिरहेका छन् । यस्ता कुरामा ध्यान पु¥याई स्थानीय स्तरमै अर्थात जिल्लामै दक्ष कर्मीबाट उत्पादन गराउँदा धेरै रोजगारीको सम्भावना बढ्छ, आम्दानी बढ्छ, मापदण्डका घारहरू मात्र प्रयोगमा ल्याएमा ब्यवसाय राम्रो हुन्छ । जिल्लाका स्थानीय निकायले वर्षेनी सयौं घार र मौरीसहितको घार वितरण गर्छन्, अनुदान बाँड्छन् तर उपलब्धी हासिल गर्न सकेको छैन । स्थानीय जनप्रतिनिधीले किसानलाई अनुदानमा खाली मौरीको घार बाँड्दैमा सम्बृद्धि हासिल हुँदैन ।
सबै भन्दा पहिला प्राविधिक शिक्षा दिनुपर्छ । बिना ज्ञान मौरीको घार मात्र बाँड्दा अहिले उपलब्धी हुन सकेको छैन ।

     अब नुवाकोटको १२ वटै निकायले घाटीमा पनि ७ दिनको ईच्छुक किसानलाई आधारभुत मौरीपालन तालिम दिई अनुदानमा मौरीका घार र त्यसको लागि आवश्यक उपकरण सहयोग गर्न सके नुवाकोट जिल्ला मौरीमा आत्मनिर्भर बन्ने छ । किसानलाई एकिकृत सत्रुजिव परियोजना र आर.पि.यम.को नीति अवलम्बन गराउन सके जिल्लामा राम्रो मह उत्पादन हुने धेरै रोजगारीको अवसर बढ्ने प्रशस्त सम्भावना रहेको छ । नुवाकोट जिल्लामा आजभोली मौरीपालनको संख्या बढ्दो छ । सबैले आय–आर्जन गर्नको लागि अनि ब्यवसायिक रूपमा मात्र नभई कति त सोखिन र सोखको रूपमा पालेको पाईन्छ भने धेरै जनाहरू मौरी पाल्ने ईच्छा हुँदाहुँदै पनि मौरी कहाँ पाईन्छ होला, कस्तो ठाउँमा हुन्छ, कहाँ राखेर पाल्ने कति जग्गा चाहिन्छ, कुन जातको मौरी पाल्ने होला, कति खर्च लाग्ला भन्दै अल्मलमा परेको देखिन्छ । नुवाकोट जिल्लाको तरकारी खेती गरी रसयानिक विषादी प्रयोग गर्ने क्षेत्र बाहेक अरू सबै भू–भागमा मौरीपालनको लागि उपयुक्त छ । मौरीपालन गर्नेसँग आफ्नै जग्गा, जमिन हुनुपर्छ भन्ने छैन । यसलाई घरको चोटा, झ्याल, कौसीभरी सजाएर अाँगन, पिढी जतासुकै राखेर पाल्न सकिन्छ । नुवाकोट जिल्लाकै स्थानीय फर्मले जिल्लाको लागि उपयुक्त एपिस सेरेन जातको मौरीको विकास गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह