महिला पुरूषको लागि पार्लर र सैलुन

  • त्रिशूली प्रवाह
  • २० श्रावण २०७७, मंगलवार १५:०८

बट्टार, नुवाकोटमा इन्टरनेसनल स्तरको महिला र पुरूषको लागि पार्लर र सैलुन गत हप्तादेखि बट्टारबजारमा सञ्चालनमा आएको छ । नुवाकोटबासीले स्तरीय पार्लर र सैलुनको सेवा काठमाडौंमा भन्दा बट्टारमा पचास प्रतिशत कममा पाईरहेका छन् ।

बट्टारको अति ब्यस्त क्षेत्र क्याम्पस लाईनमा एस.पी. अधिकारीले ४० लाख भन्दा बढी लगानी गरेर रोयल ब्युटी हब एण्ड युनिसेक्स सैलुन खोल्नुभएको हो । भारतको दिल्लीको ब्राण्डेड कष्मेटिक मात्र सैलुनबाट बिक्री गरिएको छ । बजारमा चाईनिज कष्मेटिक, सस्तो र कम गुणस्तरको पाईन्छ । तर रोयल ब्युटी एण्ड युनिसेक्स सैलुनले गुणस्तरीय कष्मेटिक कम्पनीको मूल्यमा ग्यारेण्टी दिएर बिक्री गरिरहेको छ । सैलुनमा ४ जना कर्मचारीले सेवा दिईरहेका छन् । काठमाडौंमा खुलेका युनिसेक्स सैलुनमा भन्दा पचास प्रतिशत कम शुल्कमा सेवा दिईरहेको सञ्चालक अधिकारीले जानकारी दिनुभयो । महिला र पुरूषको लागि पार्लर र सैलुनमा सबै प्रकारको मेकअप, हेयर कटिङ, फेसियलदेखि सम्पूर्ण ब्युटीसियन सम्बन्धित सबै काम एउटै ठाउँबाट जिल्लाबासीले पाईरहेका छन् ।