तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २० श्रावण २०७७, मंगलवार १५:२०
Buddha Eyes

कोरोनाको कहर भोगिरहेका नुवाकोटले कोरोनाको नाममा भएको खर्चको फेरिस्ता सार्वजनिक गराउन नुवाकोटका प्रजिअ तल्लिन भएको समाचारले जिल्लाबासी तरङ्गित बनेका छन् । विगतदेखि यो जिल्ला नदी दोहन र उत्खनन् रोक्ने पुण्य कार्य गर्ने प्रहरी र प्रशासनको प्रमुखलाई पालिकाका प्रमुखदेखि सांसदसम्मले स्याबास् भन्न त सकेनन्–सकेनन्, अवधी पूरा नगर्दै खेदे ! कोरोनाको नाममा पालिकाले खोलेको कोषमा खर्च हुन नसकेका विकास बजेट जति सबै घुमाउरो पाराले राखिएको देख्दा देख्दै प्रहरी प्रशासनको गिद्दे दृष्टि लागू होला र खै ? नियत सफा भए त पालिका प्रमुखले खर्च लुकाउन भिन्दै कोष किन खडा गथ्र्ये र ? हल्ला–हल्लाकै यो देश हल्ला–खल्ला गर्नेले नै चौका हान्नी प्रवृत्ति पनि पुनरावृत्ति होला कि भन्ने चिन्ता छ तेस्रो अाँखालाई । कोरोनाले बाँचिएछ भने सिडिओ सा’वको चुरीफुरी कार्यान्वयन भएको प्वाल परेको कानले सुनिएला नि हैन र समन्वय प्रमुखज्यू ? यसमा पनि संविधानले ब्यवस्था गरिदिएको समन्वयकारी, भूमिका निर्वाह गर्नेले नै जिम्मेवारी लिनुपर्छ होला हैन र ? मनमौजी खर्च गर्न कोषमा जोह गरेकाहरू सरकारी÷गैरसरकारी निकाय जिल्लामा कोरोनाको संक्रमण बढोस् भनेर जपतप गरिरहेका थिए । सोचे जस्तो नभएपछि निरास छन् कोही–कोही ।