विष्णुमायाले घरमै पाईन् नागरिकता

  • त्रिशूली प्रवाह
  • २३ श्रावण २०७७, शुक्रबार १४:४०
Logo of trishuli prawaha

विदुर, जिल्ला प्रशासन कार्यालय नुवाकोटले शारिरीक अशक्तताका कारण कार्यालयमा आएर सेवा लिन नसक्ने नागरिकका लागि घरमै पुगेर सेवा दिन शुरू गरेको छ ।

विदुर नगरपालिका वडा नं.–२ पाटीपानीका ८० वर्षका विष्णुमाया कसाईलाई जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुरेश श्रेष्ठको टोलीले गत हप्ता घरमै पुगेर नागरिकता प्रदान गरेको थियो । शारिरिक असक्तताको कारण कार्यालयमा आउन नसक्नेको लागि घरमै सेवा दिने कार्यको सुरुवात भएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनु भयो । शरीर नचल्ने ती महिला विदुर नगरपालिका वडा नं.–२ घरको नुवाकोट दरबारको पाटीपानी घर भएको र उहाँकै वडामा रहेको प्रशासन कार्यालयसम्म जान समेत नसंक्दा ८० वर्षको उमेरमा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले घरमै पुगेर नागरिकता उपलब्ध गराएसँगै उहाँले बल्ल आफू नागरिक भएको भन्दै खुसी ब्यक्त गर्नुभएको छ ।