+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना रोकथाम गर्न वडामा टोली गठन

कोरोना रोकथाम गर्न वडामा टोली गठन
त्रिशूली प्रवाह
६ साल अगाडी

विदुर, कोरोना भाईरसको संक्रमण, रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले नुवाकोटको ८८ वटै वडामा वडाध्यक्षको संयोजकत्वमा कार्य टोली गठन शुरु भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

जिल्ला विपद् ब्यवस्थापन समिति नुवाकोटकोे बैठकले कोरोना भाईरससँग सम्बन्धित सचेतना प्रवर्धन गर्न उक्त टोली गठन गर्न निर्देशन दिएको थियो । विदेश वा जिल्ला बाहिरबाट आएका ब्यक्तिको पहिचान गरी क्वारेन्टीन र होम क्वारेन्टीनमा राख्न सहजीकरण गर्न, होम क्वारेन्टीनमा बस्ने ब्यक्तिको प्रत्यक्ष निगरानी गर्न तथा शंकास्पद लक्षण देखिएका ब्यक्तिलाई स्वास्थ्य संस्थासम्म पु¥याउनका लागि उक्त कार्यटोली सक्रिय हुने प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनुभएको छ । वडाध्यक्षको संयोजकत्वमा गठित कार्यदलको सदस्यमा स्थानीय स्वास्थ्य संस्थाको प्रतिनिधी, स्थानीय सुरक्षा इकाईको प्रतिनिधी, नेपाल रेडक्रस सोसाईटी वा स्वास्थ्य क्षेत्रमा क्रियाशील अन्य स्थानीयस्तरमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधीको प्रतिनिधित्व रहने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनु भएको छ । स्थानीय तहबाट ब्यवस्थापन गरिएको संस्थागत क्वारेन्टीनलाई निरन्तरता दिन तथा हाल विद्यालमा सञ्चालन हुँदै आएका क्वारेन्टीनको वैकल्पिक ब्यवस्था अपनाउनको लागि स्थानीयतहलाई जिल्ला विपद् ब्यवस्थापन समिति नुवाकोटले आग्रह गरेको छ । साथै, नेपाल सरकारद्वारा जारी भएको होम क्वारेन्टीन सम्बन्धी मापदण्ड २०७७ बमोजिमका मापदण्ड पालना गरी होम क्वारेन्टीनमा बस्न अनुरोध गरेमा सम्बन्धित स्थानीय तहले मापदण्ड पालनाको सुनिश्चितता गरेर मात्रै होम क्वारेन्टीनलाई कार्यान्वयनमा ल्याउन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह