तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १८ भाद्र २०७७, बिहीबार ०७:३४
Buddha Eyes

कोरोनाको डरत्रास कायमै छ । कोरोना नियन्त्रण र रोकथामका लागि संसारका सबै देश जुटिरहेका छन् । कोरोना नियन्त्रण र रोकथामका लागि तीन तहकै सरकार हाम्रो नेपालमा रातदिन नभनी लागे पनि कोरोना झन् फैलँदो छ । कोरोनाले केही गर्दैन भनेर छाडा हिँड्नेलाई गोर्खेलौरी नलाएसम्म स्थिति नियन्त्रणमा नआउने भए पनि हाम्रो जिल्लामा घुमफिरमा रेकर्ड तोड्नेदेखि सावधान ! स्वास्थ्य सुरक्षा र सामाजिक दूरी पालना गर्न र गराउन स्वयम्ले आवश्यक नठानेसम्म नियम र निर्देशन बेकम्मा ! बातले नमान्नेलाई लातले ठीक पार्नुपर्छ भन्ने उक्तिलाई जुक्तिमा नबदलेसम्म कोरोना फैलिरहनेछ । विदुर नगरपालिकाले नगरवासीलाई हात धुन सहज होस् भनेर नगरको चोक–चोकमा स्ट्यान्डसहित ट्याङ्की राखेर पानी र साबुनको व्यवस्था सुरुमा त ग¥यो, तर अहिले ट्याङ्कीमा कमिला र लामखुट्टेले वासस्थान बनाइरहेको देख्दा मनै चसक्क ! नगरसँग अहिले बजेट नभएर हो कि चोक–चोकको ट्याङ्कीमा पानी देख्न नपाउँदा नगरवासी ट्वाँ ! हात धुने बानी पार्न मात्रै र देखाउनकै लागि राखेको हो कि ट्याङ्की मेयर सा’व बेलैमा चेतना भया !