प्रहरी उपरीक्षक र प्रनाउको सरुवा

  • त्रिशूली प्रवाह
  • १८ भाद्र २०७७, बिहीबार १०:२९
Logo of trishuli prawaha

विदुर, नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्ले र प्रहरी नायव उपरीक्षक राजेश थापाको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले गत हप्ता प्रहरी उपरीक्षक काफ्लेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा सरुवा गरेको छ भने यसै हप्ता प्रहरी नायव उपरीक्षक थापाको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुर सरुवा गरेको हो । नुवाकोटको प्रहरी प्रमुखमा ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीको सरुवा भएको छ । उनी गत हप्ता नै जिल्ला आई कार्यभार सम्हालेका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीलाई जिल्ला प्रहरी कार्यालय दैलेखबाट नुवाकोट सरुवा गरेको छ । उनी यसै हप्ता आउने जानकारी नुवाकोट प्रहरी कार्यालयले दिएको छ ।