+
Search

ताजा अपडेट +

पपुलर +

पञ्चकन्या प्रवेश गर्न पिसिआर रिपोर्ट चाहिने

पञ्चकन्या प्रवेश गर्न पिसिआर रिपोर्ट चाहिने
त्रिशूली प्रवाह
६ साल अगाडी

लाँकुरीभञ्ज्याङ, पञ्चकन्या गाउँपालिकाभित्र प्रवेश गर्नका लागि कोरोना सङ्क्रमित नभएको पुष्टि गरेपछि मात्र प्रवेश पाउनेछन् । गाउँपालिकाभित्र प्रवेश पाउनका लागि कोरोना भाइरसको सङ्क्रमण नभएको प्रमाणित गर्नुपर्ने भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

गाउँपालिकाले आफ्नो क्षेत्रभित्र प्रवेश गर्नेले आफू सङ्क्रमित नभएको पुष्टि गराउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले विज्ञप्ति जारी गरेर पिसिआर परीक्षणको प्रतिवेदन भएकाहरू मात्रै गाउँपालिका आउन पाउने प्रस्ट पारेका छन् । पिसिआर परीक्षणको प्रतिवेदन पनि तीन दिनभन्दा पुरानोलाई पञ्चकन्या गाउँपालिकाकाले मान्यता दिनेछैन । गत हप्ता गाउँ कार्यपालिकाको बैठकबाट उक्त निर्णय भएको भन्दै गाउँपालिकाले आमनागरिलाई सूचित गरेको हो । कोरोना सङ्क्रमित गाउँ प्रवेश गर्ने खतरा बढेकोले यसो गरिएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले प्रतिक्रिया दिएका छन् । विभिन्न नाकाबाट पञ्चकन्या प्रवेश गर्ने र पञ्चकन्या हुँदै अन्यत्र जानेहरू नरोकिएपछि पिसिआर परीक्षण गरेर स्वस्थ रहेको प्रमाणित नभएसम्म गाउँमा प्रवेश नदिइने निर्णय भएको अध्यक्ष तामाङले बताए । पञ्चकन्या गाउँपालिकाले यसअघि चैत ८ गते पनि नेपाल सरकारले लकडाउन घोषणा गर्नुभन्दा दुई दिन पहिला नै आफ्नो गाउँपालिका आवत–जावतमा रोक लगाउँदै सिल गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह