ऊर्जा उत्पादक सङ्घमा खड्का

  • त्रिशूली प्रवाह
  • १८ भाद्र २०७७, बिहीबार १०:४१

विदुर, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को गत महिना सम्पन्न अधिवेशनबाट नुवाकोट जिल्ला विदुर नगरपालिका– ७ तुप्चेका भरत खड्का कार्यसमितिमा निर्वाचित भएका छन् । ऊर्जा उत्पादक खड्का अघिल्लो कार्यसमितिको सदस्यमा पनि निर्वाचित भएका थिए ।

अधिवेशनले संस्थाको अध्यक्षमा कृष्ण आचार्यसहित १७ सदस्य कार्यसमिति निर्विरोध चयन गरेको छ । तीनवर्षे कार्यकालका लागि १७ जनाको कार्यसमिति सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत माधव मैनालीले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । ऊर्जा उद्यमी खड्काले ०७४ मङ्सिरमा मुस्ताङ जिल्लाको टुकुचेमा १३ दशमलव ६ मेगावाटको थापाखोला जलविद्युत् निर्माण गरिसकेका छन् । उनी अहिले नुवाकोट जिल्लाको विदुर नगरपालिका– ७ तुप्चेमा मध्यत्रिशूलीगंगा जलविद्युत् निर्माणको तयारीमा जुटिरहेका छन् ।