तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २६ भाद्र २०७७, शुक्रबार १४:४४
Buddha Eyes

सरकारको पारा हेर्दा अझै एक दुई वर्ष देश लकडाउनमै चल्छ कि ? कोरोना भाईरसको संक्रमण घट्ने र नियन्त्रण हुने दर भन्दा बढने दर उकालो लाग्दो छ । कोरोनाको कारणले भन्दा पनि मानसिक समस्याले जनजीवन कष्टकर बनिरहेको छ । जिल्लामा भने जय नेपाल र लालसलामको गतिविधीले संक्रमण नियन्त्रणमा आईसकेको भान हुन्छ । जिल्ला कोरोनामुक्त भईसकेको अनुभुति उजागार गराउन सत्ताधारी कमरेड र प्रतिपक्ष जय नेपालको प्रतिस्पर्धाले कोरोनाको भाईरस त्राहीमाम्–त्राहीमाम् ! काँग्रेसले आफ्नै हिजोका असन्तुष्ट र निस्क्रिय बसेका आजिवन काँग्रेसलाई सघाएका तर ३÷४ पटक घुर्काएर अरू पार्टीलाई सहयोग गरेका कार्यकर्तालाई दोहोराई–तेह्रराई कमरेडहरूलाई चिडाउन प्रवेश गराएपछि सत्ताधारी लालसलामवाला कम हुने त कुरै भएन । तिन तहको सत्ताको स्वाद लिईरहेका कमरेडहरू जितेका वडामा कार्यकर्ता थाम्न नसक्ने हारेका वडामा समेट्न तछाडमछाड ! भुईको टिप्न खोज्दा पोल्टाको खस्ला है कमरेड ! नेकपाको अधिवेशन हुने कहिले हो कहिले, अध्यक्ष र सचिव कमरेडलाई होगा त होगा, नै होगा त मकैको घोगा !