तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १५ आश्विन २०७७, बिहीबार १३:२५
Buddha Eyes

जिल्लाका सरोकारवाला निकाय अहिले कोरोना सङ्क्रमण, नियन्त्रण र रोकथाममा भन्दा अवैैध रूपमा चलेर बन्द गराइएका क्रसरलाई जसरी पनि खोल्न तल्लीन भएपछि चर्चा नहुने त कुरै भएन होइन र समन्वय प्रमुखज्यू ? जिल्लामा यावत् समस्या समाधानतर्फ भन्दा पनि १२ पालिका प्रमुख किन क्रसरमै मरिहत्ते गर्दै छन् ? गुणस्तरको समस्या यत्रतत्र सर्वत्र भएपछि गुण नियन्त्रण कार्यालय सक्रिय भए पनि गुणस्तरहीन खाद्यलगायतका सामग्री बजारमा छ्याप–छ्याप्ती ! स्वास्थ्यजस्तो सम्वेदनशील क्षेत्रलाई स्थानीय निकाय र नियमन कार्यालयले छाडा छाड्दा मेडिकल सञ्चालक विशेषज्ञ डाक्टर भएपछि आवश्यकताभन्दा औषधि बोक्न बाध्य जिल्लावासी । उपभोक्ताको नाम जप्नेहरू मुख मिठ्याउँदै सुगर र प्रेसर फ्री मा चेकअप गराउन पाएपछि सिटिस्क्यान, अल्ट्रासाउन्ड र थाइराइडको रिपोर्ट विशेषज्ञ डाक्टरले बाहेक हेर्न सक्दैन, तर हाम्रो जिल्ला मेडिकल सञ्चालक र ल्याबब्वायले परामर्श दिन थालेपछि औषधिको खपत बढ्दो ! विशेषज्ञ डाक्टर सेवाको बोर्ड मेडिकलमा झुन्ड्याउनु भनेको घरको गेटमा कुकर छ भनेर बोर्ड झुन्ड्याउनु जस्तै–जस्तै हो । जिल्लावासी आशातीत हुँदै सोध्दै छन्, ‘इजिमनीको रूपमा स्थापित क्रसरजस्तै मेडिकललाई पनि सिडिओ सा’वको दृष्टि पुग्छ कि ?’