हाते औजारबाट गिटी-बालुवा झिक्न छुट

  • त्रिशूली प्रवाह
  • १६ आश्विन २०७७, शुक्रबार १५:४८
Logo of trishuli prawaha

विदुर, नुवाकोटमा मापदण्डविपरीत सञ्चालित क्रसर उद्योग बन्द भएपछि स्थानीय कामदारले गिटी, बालुवा हातेऔजार प्रयोग गरेर झिक्न छुट पाएका छन् ।

      प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले अदालतको आदेश पालना गराउने क्रममा मापदण्डविपरीत र नवीकरण नभएका क्रसर उद्योग बन्द गराएपछि विकल्पको रूपमा हातेऔजार प्रयोग गरेर स्थानीयले उत्खनन गर्न छुट पाएका हुन् । नगरपालिका र गाउँपालिकाले तोकेको स्थानमा उत्खनन गर्न स्थानीयले पाउने प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । नगरपालिका र गाउँपालिकाले मापदण्डबमोजिम स्वीकृति दिएको क्षेत्रबाट बालुवा, ढुङ्गा झिक्नेलाई प्रहरीले सहयोग गर्नेसमेत उनले बताए । हातेऔजार प्रयोग गरेर झिकिएको गिटी, बालुवा, ढुङ्गा निकासी गर्दा भ्याट र स्थानीय कर अनिवार्य तिरेको हुनुपर्ने जानकारी प्रहरीले दिएको छ । कच्चापदार्थ उत्खननमा वातावरणीय प्रभाव मूल्याङ्कन र प्रारम्भिक वातावरणीय परीक्षण गरेको तादी, लिखु, त्रिशूली नदी क्षेत्रमा नगरपालिका र गाउँपालिकासँग समन्वय गरेर उत्खनन गर्न प्रहरी प्रशासनले स्थानीय कामदारलाई छुट दिएको हो ।