बट्टारको पाटी पुनःनिर्माण

  • त्रिशूली प्रवाह
  • २२ आश्विन २०७७, बिहीबार १३:५१

बट्टार, नुवाकोट जिल्लाका ऐतिहासिक तथा पुरातात्विक सम्पदामध्ये महत्वपुर्ण मानिएको विदुर नगरपालिका वडा नं.–४ बट्टार बजारको पुरानो पाटीको पुनःनिर्माण सम्पन्न भएको छ ।

      मल्लकालिन समयमा निर्मित पुरात्वातिक सामाजिक धरोहर पुरानो पाटीलाई २०७२ सालकोे भूकम्पले पुर्ण क्षति पु¥याएको थियो । विदुर नगरपालिकाकोे समन्वयमा पुरातत्व विभागबाट कार्य प्रक्रिया शुरु भई २०७५ मंसिर १२ गतेबाट पुनःनिर्माण कार्य शुरु भएको थियो । दुई वर्ष पनि नपुग्दै यस पाटीको मल्लकालिन शैलीमै पुनःनिर्माण कार्य सम्पन्न भएको छ । विदुर नगरपालिका वडा नं २, ३ ,४ र ६ का नेवारी समुदायको सांस्कृतिक महत्व बोकेको पाटी मल्लकालिन समयमा निर्माण भएको मानिन्छ । बट्टार पुरानो बजारमा रहेको पाटी वरीपरी ढुंगेधारा भिमसेन मन्दिर रहेको छ । यहाँ नेवारी समुदायले दैनिक रुपमा बिहानीको पुजा आजा गर्ने गरेका छन् । बट्टारका नेवारी समुदायका नागरिकले वर्षभरी नै मनाउने चाडपर्व, जात्रा र साँस्कृतिक कार्यक्रम पुरानो पाटी कै पेरीफेरीमा मनाउनुले पनि नेवारी संस्कृती र पुरानो पाटीको साँस्कृतीक सम्बन्ध रहेको स्थानीय समाजसेवी एवं ब्यवसायी धननारायण चित्रकार बताउँछन् ।