बेबारिसे सालको काठ बरामद

  • त्रिशूली प्रवाह
  • २२ आश्विन २०७७, बिहीबार १४:०९
Logo of trishuli prawaha
  • राकेश डंगोल

विदुर, विदुर नगरपालिकाको वडा नं.२ र ५ मा बेवारिसे अवस्थामा ठूलो परिणामको सालको काठ बरामद भएको छ । लुकाएर राखेको अबस्थामा १०० क्यु फिट भन्दा बढी काठ बरामद भएको डिभिजन वन कार्यालय नुवाकोटका सूचना अधिकारी लोकनाथ न्यौपानेले जानकारी दिनुभएको छ ।

      काठ लुकाएको जानकारी पाएसँगै प्रहरी र डिभजन वन कार्यालयको संयुक्त टोलीले लुकाएको अवस्थामा वडा नं.५ मा ४७ गोलियाबाट हुन आउने ५० क्युफिट भन्दा बढी र र वडा नं.२ मा करीव ७० गोलियाबाट हुन आउने ५० क्युफिट भन्दा बढी सालको काठ बरामद भएको हो । झण्डै दुई वर्षअघि नै अन्यत्र कटान गरेर त्यहाँ लगेर लुकाएको अवस्थामा बेवारिसे रुपमा भेटिएको काठलाई डिभिजन वन कार्यालय नुवाकोटले जफत गरेको छ । काठको स्वरुप हेर्दा निजी जग्गाको साल कटान गरी गोदाम गरेर राखिएको हुन सक्ने अनुमान गरिएको छ । डिभिजन वन कार्यालय परिसरमा ल्याईएको लाखौं मूल्यको उक्त काठको कानूनी प्रक्रिया अनुसार सूचना जारी गर्दै कोही-कसैको हो भने प्रमाणसहित दाबी गर्न बोलाउने र त्यसमा दाबी पुग्ने प्रमाण जुटाउन कोही नआए लिलाम गरेर राजश्व दाखिला गरिने वन कार्यालयले जनाएको छ ।