अनेरास्ववियू कार्यसमितिले पूर्णता पायो

  • त्रिशूली प्रवाह
  • २२ आश्विन २०७७, बिहीबार १४:१०
Logo of trishuli prawaha

विदुर, एमाले र तत्कालिन माओवादी केन्द्रको एकता भएको दुई वर्षपछि विद्यार्थी संगठन अनेरास्ववियू नुवाकोटको जिल्ला कार्यसमितिले पुर्णता पाएको छ ।

      तत्कालिन एमाले र तत्कालिन माओवादीबीच एकता भएको लामो समय बितिसंक्दा समेत अनेरास्ववीयु नुवाकोटको जिल्ला कार्य समितिले पुर्णता पाउन सकेको थिएन । तर शनिवार अनेरास्ववियु नुवाकोट कमिटिले पुर्णता पाएको हो । विष्णु दाहालको संयोजकत्वमा ६१ सदस्यी जिल्ला कमिटीको घोषणा भएको अनेरास्ववियू नुवाकोटले जनाएको छ । सहसंयोजकमा बिनोद कोइराला रहेका छन् । सात सदस्यीय कार्यालय सदस्यमा संयोजक र सहसंयोजक बाहेक रिपेश तिवारी, राजन ढकाल, विष्णुहरि रिमाल सत्य, राजेन्द्र पनेरू र निराजन बोगटी रहेका छन् । त्यस्तै, सचिवालयमा प्रशान्तजंग पाण्डे, विवश धिताललगायत रहेका छन । धेरै अगुवा नेता पनि जिल्ला कमिटीमा छुटेको भन्दै उहाँहरूको प्रदेश कमिटीमा ब्यवस्थापन गरिने संयोजक दाहालले जानकारी दिनुभयो ।