दुई शिक्षकमा कोरोना पुष्टि

  • त्रिशूली प्रवाह
  • २२ आश्विन २०७७, बिहीबार १५:२९
Logo of trishuli prawaha

धुन्चे, रसुवा जिल्लामा रहेको क्वारेन्टीनमा राखिएका दुई जना शिक्षकमा कोरोना पुष्टि भएको छ । असोज १५ गतेदेखि विद्यालय सञ्चालनमा ल्याउनका लागि बोलाइएका शिक्षकलाई क्वारेन्टीनमा राखिएको थियो ।

       क्वारेन्टीनमा राखिएका शिक्षकमध्ये ३१ वर्षिय महिला र ३६ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले जानकारी दिनुभयो । योसँगै हालसम्म जिल्लामा २३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये २० जना निको भएर घर फर्किसकेका छन् । जिल्लामा हालसम्म १ हजार १८ वटा स्वाब संकलन गरिएको छ । जसमा ९ सय ९८ को नतिजा नेगेटिभ आएको छ । अब २२ वटाको नतिजा आउन बाँकी छ । जिल्लामा ३५ शैयाको आइसोलेसन र ३ सय २ शैयाको क्वारेन्टिन रहेको छ ।