+
Search

ताजा अपडेट +

पपुलर +

सरकारको निर्णय बिना विद्यालय खुले कारबाही

सरकारको निर्णय बिना विद्यालय खुले कारबाही
त्रिशूली प्रवाह
६ साल अगाडी

विदुर, जिल्ला प्रशासन कार्यलय नुवाकोटले केन्द्रिय सरकारको निर्णय विपरित सामुदायिक तथा संस्थागत विद्यालय खुलेको पाईए कारबाही गर्ने चेतावनी दिएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

      प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले गत बुधबार जरुरी सूचना निकालेर सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गरी संक्रमण फैलन गएमा सो को जिम्मेवारी सम्बन्धित विद्यालय रहने ब्यहोरा जानकारी गराउँदै उल्लेखित काम कारबाही गरे गराएको पाईएमा संक्रमक रोग ऐन २०२० अनुसार कारबाही हुने समेत चेतावनी दिनुभएको छ । जिल्लामा कोरोना संक्रमण समुदायस्तरमा देखिएको र अझै फैलिने उच्च जोखिम रहेको समेत बताईएको छ । जिल्लाका विभिन्न गाउँपालिकामा रहेका कतिपय सामुदायिक एवं संस्थागत विद्यालयले जारी निर्देशिका विपरीतका प्रयास गर्न खोजेको भन्ने बुझिन आएको हुँदा यस्तो खालको गतिविधी नगर्ने नगराउने सूचनामार्फत प्रशासनले निर्देशन गरेको छ ।

      जिल्ला प्रशासन कार्यालय नुवाकोटद्धारा जारी सूचनामा अर्को निर्णय नभएसम्म विद्यालय नखोल्न भनिएको छ । विद्यालयमा प्रत्यक्ष सम्पर्कका गतिविधी नियन्त्रित गर्नुको उद्देश्य शिक्षक विद्यार्थीमा हुने संक्रमण नियन्त्रणकै लागि रहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । शिक्षा मन्त्रालयले विद्यार्थीको शिक्षण सिकाइका गतिविधी अवरुद्ध नहोस् भनेर विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ । कोरोना संक्रमणको कारण ६ महिनादेखि बन्द रहेका विद्यालयले स्थानीय तहको निर्णयानुसार पठनपाठन थालेका थिए । स्थानीय तहले विद्यालय खुलाउने र प्रशासनले बन्द गर्ने सूचना जारी गरेपछि विद्यार्थी, अभिभावक र शिक्षक अन्योलमा परेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह