तीन वटा पुस्तक बिमोचन

  • त्रिशूली प्रवाह
  • २२ आश्विन २०७७, बिहीबार १५:३७
Logo of trishuli prawaha

बट्टार, नुवाकोटका दुई युवा साहित्यकार रामकृष्ण गजुरेल ‘अमर’ र करण तामाङ घलान ‘सायर’ले लेख्नुभएको तीन वटा पुस्तक गत सोमबार बिमोचन भएको छ ।

नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा रामकृष्ण गजुरेल ‘अमर’को आहुती र कोरोनाको यात्रा तथा करण तामाङ घलान ‘सायर’को क्वारेनटाईन बिमोचन भएको हो । रामकृष्ण गजुरेल ‘अमर’को आहुती नाम पुस्तक बुसो र कुसेकीका विधाको हो । त्यस्तै, उहाँको अर्को कृति कोरोनाको त्रास डोडोइट्सु सङ्ग्रह हो । तामाङको क्वारेन्टाईन डोडोइट्सु सङ्ग्रह रहेको छ ।