+
Search

ताजा अपडेट +

पपुलर +

आत्महत्या दुरुत्सहान गर्ने ब्यक्ति पक्राउ

आत्महत्या दुरुत्सहान गर्ने ब्यक्ति पक्राउ
त्रिशूली प्रवाह
५ साल अगाडी

विदुर, आत्महत्या गर्न दुरुत्सहान गरेको अभियोगमा तीन जनालाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।

Utsuk Books & Stationery

असोज १६ गते नुवाकोट तादी गाउँपालिका वडा नं.१ बस्ने ५२ वर्षको सन्चमाया तामाङले विषादी सेवन गरी आत्महत्या गरेकी थिईन् । मृतक महिलालाई विगतदेखी नै सोही वडामा बस्ने ४८ वर्षको लक्षु तामाङका आफन्तले बोक्सीको आरोप लगाउँदै आईरहेको तथा घटनाको अघिल्लो दिन मृतक महिलालाई लक्षु तामाङले आफ्नो घरमा लगी आफ्नो श्रीमती कान्छीमाया तामाङ बिरामी भएकोमा बोक्सी लगाई बिरामी बनाएको भन्ने आरोप लगाई धाकधम्की तथा यातना दिएको खुल्न आएको छ ।

उक्त कारणले निज महिला मानसिक तनावमा रहेकोले आत्महत्या गरेको भनि मृतकको श्रीमान लालबहादुर तामाङले असोज १७ गतेका बोक्सीको आरोप लगाई आत्महत्या गर्न दुरुत्सहान गरेको भनि सोही वडाको लक्षु तामाङ, आईतमान तामाङ र सोम्बर तामाङ विरूद्ध प्रहरी कार्यालयमा लिखित जाहेरी दरखास्त दिएका थिए । जाहेरीको आधारमा प्रहरीले लक्षु तामाङ र आईतमान तामाङलाई नियन्त्रणमा लिई सोमबार थप अनुसन्धानको लागि म्याद अनुमति लिएको छ । जाहेरीवाला सोम्बर तामाङ भने हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रबक्ता हरिबहादुर वलीले जानकारी दिनुभएको छ ।

उच्च अदालत पाटनबाट २०७६ असार २३ गते कर्तब्य ज्यान मुद्दामा दोषी ठहरिई २० वर्ष कैद तोकिएको तर फैसला पश्चात् फरार रहेका नुवाकोट घ्याङफेदी गाउँपालिका वडा नं.–७ हाल दुप्चेश्वर गाउँपालिका वडा नं.–१ बस्ने ३९ वर्षको मिङमार लामालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका लामालाई प्रहरीले मंगलबार नुवाकोट जिल्लामा अदालतमा पेश गरी कैद भुक्तानको लागि कारागार चलान गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह