जेष्ठ नागरिक दिवसमा बाटुली सम्मानित

  • त्रिशूली प्रवाह
  • २६ आश्विन २०७७, सोमबार १३:१५
  • रोश्नी ज्योती

छापथोक, अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस नुवाकोटमा पनि विभिन्न कार्यक्रमको साथ मनाईएको छ । दिवसको अवसरमा नेपालकै सबैभन्दा जेष्ठ नागरिक ककनी गाउँपालिका वडा नं.८ छापथोकका ११८ वर्षका बाटुली लामिछानेलाई सम्मान गरिएको छ ।

      संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतसहित वागमती प्रदेससभा सदस्य बद्री मैनाली, ककनी गाउँपालिकाको अध्यक्ष मानबहादुर लामा, बाला फाउण्डेसनको अध्यक्ष भवानी दाहाल, फाउन्डेसनको उपाध्यक्ष समेत रहनुभएका ककनी गाउँपलिकाको उपाध्यक्ष सिता खतिवडा, जेष्ठ नागरिक समाजका अध्यक्ष मोहनबहादुर केसीलगायतले बाटुली लामिछानेलाई सम्मान गर्नुभएको थियो । जेष्ठ नागरिक समाजको तर्फबाट नगद २५ हजार रुपैयाँ र गाउँपालिकाको तर्फबाट मासिक दश हजार रुपैयाँ संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री रावतले हस्तान्तरण गर्नुभएको थियो । वाग्मती प्रदेश सांसद बद्री मैनालीले मासिक ५ हजार रुपैयाँ र गाउँपालिकाको तर्फबाट मासिक दश हजार रुपैयाँ दिने गरेको छ ।