+
Search

ताजा अपडेट +

पपुलर +

कृषि ज्ञान केन्द्रको कार्यक्रम सार्वजनिक

त्रिशूली प्रवाह
५ साल अगाडी

विदुर, कृषि ज्ञान केन्द्र नुवाकोट–रसुवाले जिल्लामा सञ्चालन गरिने कार्यक्रम गत बुधबार सार्वजनिक गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

     केन्द्रले आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालन गर्ने कार्यक्रमको जानकारी केन्द्र प्रमुख केशव खनालले प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको उपस्थितीमा सार्वजनिक गर्नुभएको थियो । सञ्चालित कार्यक्रममा प्याज खेती प्रोत्साहन कार्यक्रम, उच्च प्रविधीयुक्त संरक्षित संरचनामा तरकारी खेती नुवाकोट रसुवा, साना सिंचाई, मागमा आधारित सौर्य सिंचाई, ५० प्रतिशत अनुदानमा प्लाष्टिक हाउस निर्माण, रैथानेबाली प्रवद्र्धन, प्रारांगिक खेती, प्रांगारिक मल उत्पादनका लागि प्लाष्टिक घर निर्माण र जिल्लामा सञ्चालन गरने ब्लक विकास कार्यक्रम रहेका छन् ।

     केन्द्रले ८ करोड ७१ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ । कार्यक्रमले निर्वाह खेती प्रणाली भन्दा ब्यवसायमूखी खेती गर्नेलाई प्रोत्साहन गर्नुपर्ने धारणा ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा, किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामा, तारकेश्वर गाउँपालिकाका रमेश वस्ती, लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ र विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले राख्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह