तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २९ आश्विन २०७७, बिहीबार ११:१०
Buddha Eyes

जिल्लामा हरेक हप्ता अबैध ब्यवसाय वैद्य बनाउने हर्कत चलिरहनु, कृषकलाई सरकारी निकायले अनुदान बाँडेको ट्याकटर एक हप्तैमा बिग्रेर थन्काउन पर्नु कस्तो संयोग ? जनताको स्वास्थ्यसँग वर्षौदेखि खेलबाड गर्दै रकम कुम्ल्याउन आएका औषधी ब्यवसायीले विष वमन गर्न थालेपछि कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा होला है सिडिओ सा’व ! नाङ्लो पसल थापेर बोर्डमा विशेषज्ञ सेवा ब्यवहारमा ट्याट्या फिस भएपछि अनुगमनको स्वाङ्ग पार्ने प्रशासनको खुट्टी हेर्न उपभोक्ता !संरक्षण ऐन २०७५ अलपत्र ! मेडिकल अनुगमन हुनु र सदरमुकाममा काँग्रेसी र बामेले एकसय लाख एकसय जनासँग बटुलेर खोलेका हस्पिटल टाट पल्टे पनि केही सञ्चालक मालामाल ! घरधनी र अन्य ब्यापारीलाई भुक्तानी दिन पौने एक करोड बाँकी रहेको हल्लाले शेयरवाला ट्वा ! औषधी पसल अनुगमन हुनु, कोही जोगिनु, कोही पर्नु कस्तो बिडम्वना । हाम्रो जिल्लामा कोरोनाले काँग्रेसका नेता र काँग्रेसको टिकटमा पालिका जितेकालाई मात्र पछ्याउँदा कोरोनाको भाईरस रूखमा बस्ने पो होकी अनुसन्धान गर्न स्वास्थ्य कार्यलय नुवाकोटमा गरमा-गरम बहस !