अनलाइनबाट ब्यक्तिगत घटना दर्ता

  • त्रिशूली प्रवाह
  • २९ आश्विन २०७७, बिहीबार ११:२८
Logo of trishuli prawaha

लाकुरीभञ्ज्याङ, नुवाकोटका स्थानीय तहमध्ये प्रविधीलाई अधिकतम प्रयोग गर्नेमा पञ्चकन्या गाउँपालिका पहिलो भएको छ । गाउँपालिकाले दैनिक काम छिटो छरितो गर्न प्रविधीको अधिकतम प्रयोग गरिहेको छ । गाँउपालिकाले पहिलो पटक अनलाइन प्रणालीमार्फत पञ्जीकरणको काम शुरु गरेको छ ।

      गाँउपालिकाको ४ नम्बर वडा कार्यालय थप्रेकले अनलाइनबाट ब्यतिगत घटना दर्ताको सुरुवात गरेको हो । गाउँपालिकामा पहिलो पटक यस्तो ब्यवस्थाको सुरुवात भएको र सबैभन्दा पहिला ४ नं. वडा कार्यालयबाट गरिएको पञ्चकन्या गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले बताउनुभयोे । प्रमुख प्रशासकीय अधिकृत पुडासैनीका अनुसार यो प्रणाली प्रयोगमा आएसँगै ४ नम्वर वडाभित्र बसोबास गर्ने हरेक नागरिकले डिजिटल जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, सम्बन्ध बिच्छेद तथा बसाईसराईँ घटना दर्ता प्रमाणपत्र प्राप्त गर्न सक्ने छन् । वडामा हुने विभिन्न महत्वपूर्ण कागजात तथा प्रमाणपत्र हराउने च्यातिने डर भएकोमा डिजिटल प्रणाली शुरु भएसँगै अनलाइनबाट सेवा शुरु गरेपछि वडाका विभिन्न अभिलेख राख्न सजिलो भएको छ ।