+
Search

ताजा अपडेट +

पपुलर +

कागजी किसानको हातमा मात्र अनुदान !

त्रिशूली प्रवाह
५ साल अगाडी

विदुर, नुवाकोटमा सरकारले कृषिको उत्पादन बढाउन करोडौं रूपैयाँको अनुदान वर्षेनी वितरण गरेपनि बास्तविक किसानको अनुदान लिन पहुँच पुग्न सकेको छैन । वर्षेनी कागाजी किसानले मात्र अनुदान र सरकारी सुविधा लिने गरेको चर्चा जिल्लामा हुने गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

     भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आफ्नो वार्षिक कार्यक्रम सार्वजनिक गर्दै यो वर्ष कागाजी किसानलाई निरूत्साहित गर्दै बास्तविक किसानलाई समेट्ने बताएको छ । निमित्त वरिष्ठ पशु विकास अधिकृत भरत पाण्डेले सोमबार आर्थिक वर्ष २०७७/०७८ को १ करोड ९३ लाख रुपैयाँको वार्षिक कार्यक्रम सार्वजनिक गर्नुभएको छ । कार्यालयले साझेदारीमा पशुपंक्षी, माछापालन एवं उत्पादनमा प्रयोग हुने मेसिनरी औजार तथा उपकरण वितरण, पशु आहारा विकास कार्यक्रम, पशुपंक्षीमा लाग्ने संक्रमक रोग विरुद्धका खोप कार्यक्रम भ्यागुते, चरचरे, पिपिआर, स्वाईन फिवरको कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । गाउँपालिका र नगरपालिकाको सहकार्यमा सामुदायिक कुकुरमा बन्ध्याकरण तथा खोप कार्यक्रम, बर्डफ्लु रोग नियन्त्रण कार्यक्रम, बाँझो जग्गामा घाँस खेतीको लागि प्रोत्साहन अनुदानलगायतका कार्यक्रम रहेका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आफ्नो वार्षिक कार्यक्रम सार्वजनिक कार्यक्रममा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर (रमेश) तामाङ, म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ, विदुर नगरपालिकाका उपमेयर गीता दाहाल अर्याल र जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङलगायतले स्थानीयतह र पशुसेवा विज्ञ केन्द्रको कार्यक्रममा दोहोरोपन हटाई कागजी किसान भन्दा बास्तविक किसानमाझ कार्यक्रम पुग्नुपर्ने सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह