महावाणिज्य दुतमा नियुक्त रानालाई चेम्बरको विदाई

  • त्रिशूली प्रवाह
  • २९ आश्विन २०७७, बिहीबार ११:४०
Logo of trishuli prawaha

विदुर, नुवाकोट चेम्बर अफ कर्मसले हङकङ तथा मकाउको लागि महावाणिज्य दुतमा नियुक्ती पाएर जान लागेका नवनियुक्त महावाणिज्य दुत उदय रानालाई सोमबार विदाई गरेको छ । चेम्बरले महावाणिज्य दुत रानामगरलाई सम्मानपत्र समेत प्रदान गरेको थियो ।

     विदुरमा आयोजित कार्यक्रममा कर्मसले हङकङ तथा मकाउको लागि नियुक्त भएका महावाणिज्य दुत रानामगरलाई विदाई गरेको हो । आयातमुखी नभई निर्यातमुखी ब्यापारमा जोड दिनुपर्ने उक्त कार्यक्रममा महावाणिज्य दुत रानामगरले बताउनुभएको थियो । उहाँले देशको ब्यापार घाटा बढेको भन्दै आयातलाई दुरुत्साहन गरी निर्यात बढाउनुपर्नेमा जोड दिनुभयो । महावाणिज्य दुत रानाले सरकारमा मात्र समस्या नभएको भन्दै ब्यवसायीको आफ्नै कमजोरीका कारण देशमा लगानी भित्र्नि नसकेको उल्लेख गर्नुभयो । उहाँले नुवाकोटमा वाणिज्य र उद्योगको प्रचुर सम्भावना रहेकोले विकास र बिस्तारमा ब्यवसायी संघ–संस्थाले पहल गर्न सुझाव दिनुभयो ।

      नुवाकोट चेम्बर अफ कर्मसका अध्यक्ष कबिन्द्रमान प्रधानको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित ब्यवसायीले चिनियाँ ब्यवसायीलाई नुवाकोटमा लगानी गर्न उत्प्रेरित गरिदिन आग्रह गरेका थिए । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर-१२ स्थायी घर भएका रानाले यसअघि विदुर नगरपालिकाको कार्यकारी प्रमुख हुँदै आधा दर्जन जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पूरा गरिसक्नुभएको छ । नवनियुक्ती महावाणिज्य दुत राना तिहारपछि कार्यक्षेत्र हङकङ जाँदै छन् ।